Saturday, August 13, 2011

"तिम्रा यादहरु !! मेरा घातहरु"

झम्झमी यो झरी झर्दा ! तिम्रो यादमा कल्पेँ
बाहिर चिसो म त मनको आगोमा पो सल्केँ ।

हेर्न खोजेँ अतित आज कुना भित्र मन्को
कतै पनि पाइन मैले तिम्रो एकै झल्को ।

खोँजे तस्बिर धुँइधुँइती,घरको कुना कानी
नभेटेर तस्बिर भँए लाजले पानी पानी ।

सम्झे दिन्थ्यौ उपहार तिम्ले छानी छानी
कुनै दिन फ्याँक्याथिय,मैले जानि जानि ।

खोँजे तिम्रा पत्रहरु,जो तिम्रै मन भन्थ्यौ
सम्झिय तिनै ताराहरु, तिमी सधै गन्थ्यौ ।

पाइन मैले कतै केही नी तिम्रा यादहरु !!
सम्झे आज धेरै धेरै ती मेरा घातहरु ।।

झम्झमी यो झरी झर्दा ! तिम्रो यादमा कल्पेँ
बाहिर चिसो म त मनको आगोमा पो सल्केँ ।

No comments:

Post a Comment

Thank You very much. Raj