Wednesday, August 3, 2011

"मेरा रहर उनका कर"

                        बिहीवार , जुलाई 15, 2010 तारिख 10:53बिहान बजे
मैले तिम्रो करहरुलाई,
आफ्नो रहर बनाउँदा

मेरा रहर तिम्रा लागि,
कर बन्न पुगेछन भने !!

तिम्रो लागि तिमी भनि,
सधैं मरी मेट्दा

मेरो अस्तित्व तिम्रो लागि,
धुमिल बन्न पुगेछन भने !!

तिम्रो एकै हाँसोको लागि,
मेरा खुशी जलाउँदा

मेरा पिडा तिम्रो ओठका,
हाँसो बन्न पुगेछन भने !!

भन मेरी माया म तिम्रै लागि,
हाँस्न भुलिदिनेछु ।

भन मेरी माया म तिम्रै लागि,
मात्र बाँचिदिनेछु ।।

अब मेरी माया मेरा ती सपना,
सबै तोडिदिनेछु ।

अब मेरी माया मेरा ती रहर,
सारा फोडी दिनेछु ।।

No comments:

Post a Comment

Thank You very much. Raj