रक्तिम लालीमा छाउँदा
अझै डोको भर्दैछ,अझै पोको पार्दैछ ।
स्याउला र पतकरले भारी भर्दैछ ।।
मानसिंह
उज्यालो नखस्दै जङ्गल पुगेका उनी
चराहरुको मिठो कलरवसंगै गुनगुनाउँछ ।
चिसो बतासमा पहाडका तरेली हेर्दै मुस्कुराउँछ ।
सन्तुष्टीको अर्को नाम
मानसिंह
अँगालोभरीको घाँस गोठमा पुर्याउँछ
आँगनमा पतकर र स्याउला बिसाउँछ
टोट्नामा बाधिएका खसी बोकाको बगालहरुसँगै
दुई मुठ्ठी गाँस निलेर बनमा गोठालो बनेर निस्कन्छ ।।
सुसेल्दै लोकभाकामा
पारी क्षितिजसंगै लहरै उभिएका हिमालहरुसंगै साउती मार्छ
बनैभरी फूलेका गुराँससँग रमाउँछ,काफल पोल्टाभरी बनाउँछ ।
"खान्छौ मालती ?"
"खान्छौ सञ्जय ?"
ओहो ! धर्साहरु कोरिन्छ निधारभरी
आम्मै ! तितोपना झाङ्गिन्छ मुखैभरी
टर्रो लाग्दछ काफलगेडी / निरस लाग्दैछ वारी-पारी
मानसिंह एक्लो महसुस गर्छ
नितान्त एक्लो
छन त पहाड छ । हिमाल छ । सिङ्गो आकाश पनि छ ।
आफूलाई बिर्साउने हरियाली
फुलेका चाप /गुराँस/सुनाखरी पनि छ ।
छङ्ग-छङ्ग बग्ने नदी छ । सेताम्य फैलिएको वादल पनि छ ।
सबै भएर पनि एक्लो/निर्धो
महसुस गर्छ मानसिंह
साँच्चै ! निरस हुन्छ मानसिंह
दौँतरीहरुको पलायनबाट
द्रवित उसका मनको कुरा आँशुले बताउँछ ।
बिरहीमा न्याउली सन्देश बनैभरी सुनाउँछ ।।
मालती कुवेतमा, सञ्जय दुवइमा,....साउदीमा
टिका कतारमा,.....मलेशियामा
एक्लो सम्झिन्छ आफूलाई,मानसिंह
बे-स्वाद लाग्छ काफलको गुलियोपन पनि
बेरङ्ग लाग्छ गुराँसको लालिमा पनि
शुन्य लाग्छ
निरस लाग्छ
अध्याँरो लाग्छ
अन्धकार लाग्छ ।।
गाऊँ फर्किन्छ,
वारीको पाटैभरी लहलहाउदो काउलीका बोटहरु
थुम्को काट्नै लाग्दा हुर्केका ट्राउट माछाहरु
उघ्राइरहेका सामुहिक पशुपालनका बाख्राहरु
मानसिंह,अनायासै चिच्चाउछ
फर्क !
मेरा दौँतरीहरु
अव आँफै बारीमा पौरख खियाउनु पर्छ ।
काँधमा काँध-हातमा हात मिलाउनु पर्छ ।।
बसन्त कुमार श्रेष्ठ 'क्षितिज'
मिति:०६८-०४-१०
अझै डोको भर्दैछ,अझै पोको पार्दैछ ।
स्याउला र पतकरले भारी भर्दैछ ।।
मानसिंह
उज्यालो नखस्दै जङ्गल पुगेका उनी
चराहरुको मिठो कलरवसंगै गुनगुनाउँछ ।
चिसो बतासमा पहाडका तरेली हेर्दै मुस्कुराउँछ ।
सन्तुष्टीको अर्को नाम
मानसिंह
अँगालोभरीको घाँस गोठमा पुर्याउँछ
आँगनमा पतकर र स्याउला बिसाउँछ
टोट्नामा बाधिएका खसी बोकाको बगालहरुसँगै
दुई मुठ्ठी गाँस निलेर बनमा गोठालो बनेर निस्कन्छ ।।
सुसेल्दै लोकभाकामा
पारी क्षितिजसंगै लहरै उभिएका हिमालहरुसंगै साउती मार्छ
बनैभरी फूलेका गुराँससँग रमाउँछ,काफल पोल्टाभरी बनाउँछ ।
"खान्छौ मालती ?"
"खान्छौ सञ्जय ?"
ओहो ! धर्साहरु कोरिन्छ निधारभरी
आम्मै ! तितोपना झाङ्गिन्छ मुखैभरी
टर्रो लाग्दछ काफलगेडी / निरस लाग्दैछ वारी-पारी
मानसिंह एक्लो महसुस गर्छ
नितान्त एक्लो
छन त पहाड छ । हिमाल छ । सिङ्गो आकाश पनि छ ।
आफूलाई बिर्साउने हरियाली
फुलेका चाप /गुराँस/सुनाखरी पनि छ ।
छङ्ग-छङ्ग बग्ने नदी छ । सेताम्य फैलिएको वादल पनि छ ।
सबै भएर पनि एक्लो/निर्धो
महसुस गर्छ मानसिंह
साँच्चै ! निरस हुन्छ मानसिंह
दौँतरीहरुको पलायनबाट
द्रवित उसका मनको कुरा आँशुले बताउँछ ।
बिरहीमा न्याउली सन्देश बनैभरी सुनाउँछ ।।
मालती कुवेतमा, सञ्जय दुवइमा,....साउदीमा
टिका कतारमा,.....मलेशियामा
एक्लो सम्झिन्छ आफूलाई,मानसिंह
बे-स्वाद लाग्छ काफलको गुलियोपन पनि
बेरङ्ग लाग्छ गुराँसको लालिमा पनि
शुन्य लाग्छ
निरस लाग्छ
अध्याँरो लाग्छ
अन्धकार लाग्छ ।।
गाऊँ फर्किन्छ,
वारीको पाटैभरी लहलहाउदो काउलीका बोटहरु
थुम्को काट्नै लाग्दा हुर्केका ट्राउट माछाहरु
उघ्राइरहेका सामुहिक पशुपालनका बाख्राहरु
मानसिंह,अनायासै चिच्चाउछ
फर्क !
मेरा दौँतरीहरु
अव आँफै बारीमा पौरख खियाउनु पर्छ ।
काँधमा काँध-हातमा हात मिलाउनु पर्छ ।।
बसन्त कुमार श्रेष्ठ 'क्षितिज'
मिति:०६८-०४-१०
No comments:
Post a Comment
Thank You very much. Raj