Sunday, July 24, 2011

लघुकथा -"ईच्छा"


                            जेठा काजी ठूलो सपना नपालेको सामान्य मान्छे । आफन्तहरु कोही नरहेपछि मागेर जिबन चलाएको बर्षौ भईसकेको थियो । मरे पनि आफ्नो नाम जिवीत रहनु पर्छ भन्ने धारणा राख्ने उस्को एउटै सपना थियो मर्नु अगाडी एउटा ढुङ्गामा आफ्नो नाम खोपाउने । केहि समयकै अन्तरालमा उस्को ईच्छा शक्ती र अरुको सहयोगको कारणले उस्को ईच्छा पुरा भयो ।


                          उस्को ईच्छा पुरा भएकोमा उस्को भलो चिताउनेहरु खुशी थिए । तर उस्को बढ्दो ईच्छा र चाहनाको कारणले अब उस्ले आफ्नो नाम ढुङ्गामा हैन चाँदीमा कँुदाउने ईच्छा र रहर ब्यक्त गर्न थाल्यो । उस्ले आफ्नो नाम कुँदेको ढुङ्गालाई कतै फ्याँक्यो रे । लामो समयको अन्तरालमा चाँदीमा नाम कँुदाउने जेठा काजीको सपना पनि पुरा भयो ।

                     त्यतीमा पनि उस्को ईच्छा पुरा नभएर आफ्नो नाम कुँदिएको चाँदीलाई कतै फ्याँकेर उ सुनमा सुनौलो अक्षरमा नाम कुँदाउने तिब्र ईच्छा पाल्न लाग्यो । त्यही तिब्र अवस्थाको बहकाई सँगै उस्को अन्त्य भयो त सँगसँगै उस्को नामको पनि अन्त्य भयो ।

                  ती ढुङ्गा र चाँदी कता छ संसार बेखबर छ ।

                                                                                समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj