Wednesday, July 20, 2011

गजल : ५२ "तिम्रो मृत्यु"

आफ्नै मुटु रेटीराथ्यौ रोक्न चाहिन ।
पिडा धेरै थिए साथ बोक्न चाहिन ।।

तिम्रो क्रन्दन सुनेरनी अबुझ रहें म ।
बुझाउन खोज्यौ कती बुझ्न चाहिन ।।

धेरै धेरै माया दियौ तिम्ले जिबनमा ।
आफ्नै बाटो बिराइरहें सुझ्न चाहिन ।।

जाने बेला तिम्रै साथ रही रहु भन्थ्यौ ।
ति आँशुका भेलबिच रुझ्न चाहिन ।।

धन मन सबै सुम्पी दिए पनी तिम्ले ।
तिम्रो मृत्यु सँग आज जुझ्न चाहिन ।।

No comments:

Post a Comment

Thank You very much. Raj