कसरी चलाउँ म हतियार,
आँफैलाई दुख्छ जब ।
स्वाभिमानी नजर पनि,
आँफै सँग झुक्छ अब ।।
* * * * * * *
किन लडयौँ किन मार्यौँ,
कस्ले जित्यौँ कसले हार्यौँ ।
आफैँ आफैँ बीच लडी,
कुन युद्ध हामीले टार्यौँ ।।
* * * * * * *
जुधाँउ आँखा कसरी,
अटल शिर झुक्छ जब ।
बिश्वास पनि के हुन्छ र?
माया प्रेम सुक्छ अब ।।
* * * * * * *
जिन्दगी अब कति जिउने,
आफैँ सगँ हारिसक्यौँ ।
जित्नु अब के का लागि,
आफ्नै हरु मारिसक्यौँ ।।
(मेरो पुरानो कबिता जुन ०६०- फागुन १ गते लेखेको रहेछु ।। जतिखेर हाम्रो देशमा गृहयुद्ध उत्कर्शमा पुगेको थियो ।)
No comments:
Post a Comment
Thank You very much. Raj