Wednesday, July 13, 2011

खबरदार

रोक्न नखोज हिम तिमी
मेरा ईच्छालाई तिमी रोक्न सक्दैनौ ।
उडाउन नखोज पवन तिमी
मेरा रहरलाई तिमी बोक्न सक्दैनौ ।।
मेरा यी ईच्छा मेरा यी रहर

मेरो नीम्ति यी हुन बाँच्नुको सार ।।१।।


टोक्न नखोज पिडा तिमी
मेरा चाहनालाई तिमी छेक्न सक्दैनौ ।
हेप्न नखोज अभिमान तिमी
मेरो स्वाभिमानलाई तिमी टेक्न सक्दैनौ ।।
मेरो यो स्वाभिमान,मेरो यो चाहना
जीवन लाई जिउने उत्कट यो बहाना ।।२।।


अल्मल्याउन नखोज समय तिमी
मेरा यी पाइलालाई तिमी समेट्न सक्दैनौ ।
झल्मल्याउन नखोज स्वार्थ तिमी
मेरा यी भावना लाई तिमी अचेट्न सक्दैनौ ।।
मेरा यी पाइला मेरा यी भावना
जीवनलाई जिउने एउटा सम्भावना ।।३।।


अत्याउन नखोज दु:ख तिमी,
मेरो यो बाटोलाइ तिमी बहकाउन सक्दैनौ ।
बत्याउन नखोज सुख तिमी
मेरो यो आकांक्षा बिरुद्ध फकाउन सक्दैनौ ।।
मेरा यी आकांक्षा मेरा यी बाटो
सुम्पिन सक्दिन म, जिबनकै साटो ।।४।।

                  समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj