तस्बीर : नसला |
एउटा फुल फुलेर
एउटा फुल झरेर
के फरक पर्छ र बागमा ??
एउटा भुल गर्दैमा
झुटो कबुल गर्दैमा
एउटा भुल गर्दैमा
झुटो कबुल गर्दैमा
के फरक पर्छ र जिबनमा ??
भन्ने सोँच्थे सधै म
गलत रहेछु तब म।
आज मेरा आँखा खुले
भरिएका छन् ती आँशुले ।।१।।
भरिएका छन् ती आँशुले ।।१।।
एउटा पात झरेर
एउटा बोट मरेर
फरक पर्छ र बनमा ??
एउटा हात छुटेर
एउटा साथ टुटेर
के फरक पर्छ र जिबनमा ??
भनि सोच्थेँ जब म
गलत रहेछु तब म
आज हात मेरो खाली छ
एक हातमा कहाँ ताली छ ।।२।।
एक हातमा कहाँ ताली छ ।।२।।
* *
एउटा हिमाल हाँसेर
एउटा प्रकृति मासेर
के फरक पर्छ र संसारलाई ??
एउटा माया मरेर
एउटा माया मरेर
एउटा छाँया सरेर
के फरक पर्छ र मलाई ??
भन्ने मेरा सोच यी
कति गलत रैछन ती
छायाँ छैन जब मेरो साथ
दिनै लाग्ने रहेछ रात ।।३।।
No comments:
Post a Comment
Thank You very much. Raj