जिन्दगी...................,
सोचेजस्तो हुने भए ?
चाहे जस्तो पुग्ने भए ।।
तिमी म मात्रै सबै भए,
संसार हाम्रै सोच भए ।।
सधै म........,
तिम्रै नाम जपिरहन्थे,
तिम्रै साथ रमिरह्न्थे।
तर मलाई थाहा छ,...
चाहना तिम्रा धेरै छन् ।
बहाना तिम्रा कति होलान् ।
गर्न तिमीले धेरै छ ।
लड्नु तिमीले अनगिन्ती ।
साहस गर धैर्य राख ,
बाँचिदिन्छु तिम्रै नीम्ती ।
अझ............,
पछुताउने छौ तिमी एक दिन,
धन्यवाद दिनेछौ मलाई त्यो दिन ।
घटिया लाग्ला तिम्रो रोजाइ,
जब बदलियेला तिम्रो सोचाइ।
चाहन्न म..............,
बाँध्न तिमीलाई कुनै बन्धनमा,
रम तिमी आफ्नै स्वच्छन्दनमा ।।
साथ दिनेछु तिमीले चाहेसम्म,
टाढीदिनेछु तिमीले चाहेमा म ।।।।
No comments:
Post a Comment
Thank You very much. Raj