उस्ले निश्चय गयो, हिजोसम्म ठगीएका, चेपिएका, हेपिएका सबैको लागी मिलाएर भाग लगाउने, सबैलाई सरोबर गर्ने, कसैलाई तल माथि नगर्ने । आफुजस्तैका लागी काम गर्छु भनेरै डाडु पन्यु लिएर भान्सामा पस्यो उ ।
भान्सामा पाकेका नयाँ नयाँ परिकार देख्ने बित्तीकै सबैभन्दा पहिले सबै बिर्सेर आफ्नो पेट भर्न थाल्यो । हुने नहुने सबै खाएर पेट भरेपछि लाममा बसेका अन्य सर्बसाधारण तर्फ नजर लगायो । नजर लगाउने क्रमसँगै भिडमा उस्ले देख्यो आफ्नै बाउआमा, भाईबहिनी, सालासाली, दिदीभिनाजु, भान्जाभान्जी यस्तै यस्तै अनुहारहरु । बेला–बेलामा नेपथ्यबाट आईरहने आवाजबाट अब भान्सा नरहने त कहिले नराख्ने अनि कहिले भान्साको जिम्मा अर्को समुहलाइ दिने यस्तै यस्तै हल्लाखल्ला सुनिदैँ थियो । भान्सा र डाडुपन्यु जतिखेरपनि आफ्नो हातबाट जान सक्ने अवस्था आएपछि उस्ले सबै आफन्त अनुहारलाई हतार हतार तृप्त बनाउँदै गयो । सर्बसाधारण आफ्नो पालो आउने आशामा चुपचाप हेरिरहे ।
नेपथ्यको आवाज बुलन्द हुँदै जाँदा उस्ले आफ्नो भविष्य सोच्यो । उ फेरि बालुवा चाल्न जान चाहदैँनथ्यो र फेरि भान्सामा फर्केर आउन योग्य पनि थिएन । यसपटकको जस्तो कागताली सधैँ पर्ने सम्भावना पनि थिएन ।
सुनिन्छ, आजकल उ भान्साको भाँडाकुडाँहरु नै बेच्दै छ रे ।।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj