यसपटक काभ्रेपलाञ्चोक जिल्लाको गाउँ तिर दूई दिन नेपाली पर्यटकको रुपमा घुम्न गईयो । दोलालघाट पारीबाट बसमा चढेर जाने सपना कोटेश्वरमा पुग्दा नपुग्दै तुहियो कारण अघिल्लो दिन परेको पानीले सबै बाटो बिग्रीएकोले कच्ची बाटोमा गाडी गुड्ने सम्भावना नै थिएन । दोलालघाट सम्म गाडीमा गएर लगातार तिन दिन हिँडीयो उकालो अनि ओरालो ।
यो तिन दिन लगातारको हिँडाईमा मैले देखेको राम्रो र नराम्रो कुरा भनेको सडक नै थियो । नेपाली बिकासको मापक सडकलाई कुरुप, अनावश्यक र नराम्रो भन्ने आँट त आएन म मा । तर के चाहिँ पक्का हो भने अहिले बन्दै गरेका सडक अहिले तथा भविष्यको लागी भयंकर दुर्घटनाको कारक हुँदैछन र हुनेछन् ।

आफ्नै अवस्थामा आनन्दले तल देखि माथिसम्म एकोहोरो पसारीएका पहाडको बिचमा बिना गतिलो योजना र प्राबिधीक कार्य नगरी एउटा डोजर लगेर खनेको भरको सडक एउटा गतिलो झरी पनि थेग्न सक्ने अवस्थामा देखिन्नन् । दशकौँ अगाडी खनिएका सडक पिच तथा मर्मत हुन नसकेको यो स्थितीमा बिकास खर्च कुखुरालाई दाना छरेजस्तो छर छार पार्ने भन्दा पनि भईसकेको बिकासलाई स्थायीत्व प्रदान गर्ने हेतु खनिसकेका सडकको उचित मर्मत सम्भार र महत्वपूर्ण कच्चि सडकहरुलाई पीच गर्नपर्ने पहिलो आवश्यकता हुनजान्छ । अहिलेको जस्तै बिकासको नाममा जथाभावी सडक खन्दै गए भोली त्यही बिकास बदलिएर बिनास बन्न जाने कुरामा दुईमत पक्कै नहोला ।
अतः स्थानिय प्रशासन, नेता र अगुवाहरु सबैले लोकप्रिय बन्ने बाटोमा सस्तो बिकास निम्त्याएर घर, गाँउ र देशलाई भयंकर दुर्घटनाको आगोमा झोक्ने प्रयास गर्न छोडेर खनिसकेका र महत्वपूर्ण सडकहरुलाई ब्यबस्थीत र बिकास गर्न तर्फ आजै देखि सोचौँ ।।

नेपालका सडकहरु यहि रुपमा आएको र यसैगरि सवारीसाधन चलेको दिन देशमा पक्कै केहि होला । हेर्नुस भिडीयो:
काभ्रेपलाञ्चोक जिल्लाको एक सडक, हेर्नुस भिडीयो:
No comments:
Post a Comment
Thank You very much. Raj