(उनीसँग केहि दिन अगाडी भेट भयो । मा बी स्कुलमा हेडमीस भईछन् । ६ घण्टाको पैदल यात्रामा धेरै कुरा भयो । छोरी जन्मेर ३ कक्षामा पढ्ने भईसकिछन् जब की आफुँ अझै .............। घर आएर पुराना डायरी खोलेर हेरेँ केही चिठी फेला पारेँ । उनको आग्रहमा सबै नष्ट गर्नु अगाडी यस्लाई आफ्नो लागी संग्रह गर्ने बिचार गरेँ । शायद गल्ती पो गरेँ की )
मिति ः २०५९ साल ............
अमिट मायाका सौगातहरु......................!
खै कुन अक्षरबाट सम्बोधन गरौँ यहाँलाई निठुरी दाजु भनेर सम्बोधन
गर्दा नी हुन्छ होला नि हुन्न ? कस्तो निठुरी होईदिनु परेको नि अरुलाई ८–९ दिनसम्म बाटो हेर्दा कस्तो भयो होला ? हुन त मानिसको आ आफ्नै परिस्थीती, बाध्यता अनि आ–आफ्नै समस्या हुन्छन् र यिनै कारणले गर्दा नै गर्छु भनेको कुरालाई बिचमै थान्को लगाईदिन्छ । तर के गर्नु मनले त गाली गर्न मन लाग्यो, मैले त सोचेको थिएँ । तपाईँले जसरी नी परिक्षा हुँदा नै भेट्नुहुन्छ भनेर तर तर मेरो आशा सब निराशामा परिवर्तन भयो । तपाईँलाई नै भनि लेखेको शुभकामना कार्ड पनि सँगै फर्कियो, ढिलै भएपनि पठाएकि छु गा¥हो नमानीकन स्विकार्नु होला । अनि मेरा ती आबेशको निठुरी शब्द यि कपिको पानामा थाहै नपाई समेटिएछ । यसको लागी क्षमा त अबश्य पनि मिल्छ होला नि हैन ? कि मिल्दैन ?

अनि तपाईँले त शहरको अर्कै संसारमा भुलेपछि हामीलाई पनि भुल्नु भयो जस्तो छ । Pls Don't forget me OK
अरु हालचाल कस्तो छ ? बोर्डिङ्गमा पढाउन लागेको छ भन्ने सुनेको थिएँ । यसको लागी मेरो तर्फबाट धेरै नसके पनि थोरै बधाई स्वीकार्नु होला । अनि नयाँबर्ष कसरी बित्यो । तपाईँले त बिर्सेजस्तो छ । हामीले त सम्झीरहन्छौँ दिनको १०० चोटि भन्दा बढ्ता त्यताको हालखबर कस्तो छ सबै लेखि पठाउनु होला ।
तपाईले मलाई बिर्षे हामी त कहिल्यै बिर्षने छैनौँ । हाम्रो गाँउ तिर छिटै आउने होला नी हैन ? अरु के लेखौँ पछि अरु पत्रमा धेरै धेरै लेखेर पठाउँला र पठाउनु हुने छ ।
ल त अर्को पत्रको आशा सहित
Good bye OK
उहि .....................
चम्पाकली
भुलचुकमा क्षमा प्रार्थी
No comments:
Post a Comment
Thank You very much. Raj