Friday, May 27, 2011

गजल : ५१

गाउँको कुरा गर साथी, यो ठाउँको हैन ।
ठुलीकै कुरा गर साथी, यो नाउँको हैन ।।


टाढाको देब भन्दा नजिकको भुतै जाती,

मुख्याकै कुरा गर साथी, यो साउको हैन ।


पीडा माथिको पिडा थप्ने भएछ यो यात्रा,
मलमकै कुरा गर साथी, यो घाउको हैन ।


हिरै खाए सुनै लाए नि यो परदेशमा,
स्व–माटोकै कुरा गर, यो धाउको हैन ।।


गाउँको कुरा गर साथी, यो ठाउँको हैन ।
ठुलीकै कुरा गर साथी, यो नाउँको हैन ।।

No comments:

Post a Comment

Thank You very much. Raj