तिज को दिन बिहानै,
दरले भरिएको गरुङ्गो पेट खाली गरिसकेर हतार हतार पूजामा निस्केँ ।
साथिहरु मिलेर बिहानै पूजा राखेका थियौँ ।
तिजको ब्रत पहिलो पटक बसेकोले मन त्यसै त्यसै फुरुङ्ग थियो।
बाटोमा पन्डित बाजेको घर थियो, संगै लिएर जान त्यतै लागेँ ।
ढोका खुल्लै थियो, छिरेँ ।
देखेँ पन्डित बा कपाकप मासुभात खान लागेको, शायद अघिल्लो दिनको दर बाँकी रहेछ क्यारे ? ।
अचम्म लाग्यो सोधेँ -"बाजे पुजा गर्नजाँदा मासुभात खान हुन्छ ??"
"हुन्छ बा हुन्छ पन्डित ले हुन्छ ।" बज्यै बोलिन ..
No comments:
Post a Comment
Thank You very much. Raj