Sunday, March 13, 2011

गजल ४ "भुकम्प"


अध्याँरो भो संसार अब, डुब्न थाल्यो जताजतै ।
मरिसकेको छैन की ?, दुख्न थाल्यो कतै कतै ।।



रिसाएर थल आज यो मृत्युशैया भईदिदाँ
भताभुङ्ग लथालीङ्ग हर दिशा यो यतैउतै ।


न त पथ न छ रथ जल बल सब निर्बल,
आफ्नै निर्माण चिहान भो, हेर यो मानब कठै ।

आफ्ना कथा आफु कता धन शान सब ब्यर्थ गो,
साथ छैन केहि आज प्रकृती भो शत्रु तसै ।

गाँस छैन बास बेकार, धन बिना मन के र
संसार यो अर्कै भयो भुकम्पले जित्यो जसै ।।

 अध्याँरो भो संसार अब, डुब्न थाल्यो जताजतै ।
मरिसकेको छैन की ?, दुख्न थाल्यो कतै कतै ।।

No comments:

Post a Comment

Thank You very much. Raj