तिम्रो यादले त्यसै त्यसै, टोलाईरहन्छु म ।
तिमी सम्झेर यसै यसै, लोलाईरहन्छु म ।।
बिरानो भो संसार मेरो, बिना तिमी यहाँ,
अतित कल्पेर यादहरु, खेलाईरहन्छु म ।
छाईराछौ समिपैमा, भुल्न खोज्छु जति जति
तिमी सम्झेर छायाँ आफ्नै, बोलाईरहन्छु म ।
तिम्रै झल्को तिम्रै यादले, बाँचेको यो जिबन
एक मुठी श्वास तनलाई, बोकाईरहन्छु म ।।
तिम्रो यादले त्यसै त्यसै, टोलाईरहन्छु म ।
तिमी सम्झेर यसै यसै, लोलाईरहन्छु म ।।
ramro 6.
ReplyDelete