Wednesday, March 9, 2011

गजल "रहर"


बादलुको माथि माथि कुद्ने रहर, कस्तो ?
बिहानीको रबि सँगै गुड्ने रहर,  कस्तो ?।


डाडाँकाडाँ लेकबेँशी टहलिदैँ आज
रमाएर खोलीसँगै बग्ने रहर, कस्तो ?।

सिम्सीमे घामपानी रमाउँदै आज
ईन्द्रेणीको दुवै छेउमा जुड्ने रहर, कस्तो ?।

कुहु कुहु कोईली वसन्तको साथ
शितलु त्यो हावा बनी उड्ने रहर, कस्तो ?

बादलुको माथि माथि कुद्ने रहर, कस्तो ?
बिहानीको रबि सँगै गुड्ने रहर,  कस्तो ?।

No comments:

Post a Comment

Thank You very much. Raj