Tuesday, March 8, 2011

कबिता "तिम्रो आँखा"



तिम्रो आँखाले मलाइ त्यसै लोभ्यायो,
पसुँ भन्छु आँखाभित्र परेलीले अल्झायो ।





पन्छाएर बाधाहरु परेलीको भित्र छिर्दा, 
भेल बनी आँशुले फेरि मलाइ बगायो ।

पौडिएर आँशुबिच बस्न खोज्दा आँखाभित्रै,
पौडिरहेको कोहि अरु, फेरि मलाइ सतायो ।

तड्पिएर त्यसै त्यसै, बन्दी तिम्रो नजरमा
बस्न खोज्दा नजरमा, मेरो म हरायो ।। 

No comments:

Post a Comment

Thank You very much. Raj