Monday, March 7, 2011

गजल “मेरो गाँउ”














छुनुमुनु कुद्ने घरमाथीको, बाटो मासिएछ ।
गुनुगुनु गाउने चौतारीको, ढुङ्गो भासिएछ ।।




गोठालो जाँदा लुकि खेल्ने, हरियाली त्यो वन

विकास नाममा कुरुप त्यो, सडक टाँसिएछ ।


अमृतरुपी पानी झर्ने, खोल्सी छेउको धारा

काला सर्प झैँ लाग्ने गरि पाईप गाँसिएछ ।


दुख सुख जे पर्दा नि, मिली रुने हाँस्ने मन

हाँस्ने रुने बदलिएछ, संवेदना नासिएछ ।

No comments:

Post a Comment

Thank You very much. Raj