जब बाटो बेग्लै हिँड्ने बात निक्लियो !
जीवन बाट सारा मधूमास निक्लियो ।।
छाती भित्र यस्तो राँको दन्कियो कि !
आँशु ऊम्लि आँखाबाट बाफ निक्लियो ।
बल्ल होश भयो कति प्यूँदो रहेछु ,
जब खून परिक्षणमा सराव निक्लियो ।
आफ्नै भन्ने ले त भने यति सम्म ,
मेरो स्वप्न लुटेको थिस् पाप निक्लियो ।।
No comments:
Post a Comment
Thank You very much. Raj