Tuesday, February 1, 2011

" यात्रा "

त्यो यात्राको मिठास अझ पनि मेरो, मनभित्र कतै बाँचिरहेछ ।
त्यो ओठको मुस्कान अझ पनि मेरो मनभीत्र कतै हाँसिरहेछ ।।
न भुल्न सक्छु न त पाउन त्यो दिन,
खाली सम्झी कल्पनु छ त्यो छिन ।।।



त्यो घामको उपहास बादलको बास,आँखामा कतै नाचिरहेछ ।
मायाले होला निमोठीयेका औंला अझै लच्कियेर भाँचियिरहेछ ।।
न चुम्न सक्थेँ म, न झुम्न त्यो दिन,
घुमी आउला नआउला फेरी फेरी त्यो छिन ।।।


त्यो जाडो, त्यो बर्षा, त्यो संगीको ओढ्ने, अझै मलाई छोपिरहेछ ।
त्यो ताप, त्यो राप, त्यो नमेटिँदो आनन्द मुटुभित्र कतै रोपीइरहेछ ।।
न पाउन सक्थेँ न त चाहन्थे गुमाउन त्यो दिन,
लाँगे अत्रिप्ततामा मनलाई भुलाउन त्यो छिन ।।।


त्यो पहाड,त्यो बेँशी त्यो भिरपाखा अझै मेरो हात्मा अल्झिरहेछ ।
त्यो एकान्त त्यो निकटता अझै कुनै कुनाहरुमा बल्झीरहेछ ।।
न राख्न सकेँ न चाख्न नै त्यो दिन,
न खिँचे न खिच्न सकेँ आँखाभरी त्यो छिन् ।।।


त्यो हावाको सुसाइ अनी संगीको गुनगुन, अझै कतै बजिरहेछ ।
त्यो मौसमको सुबास त्यो स्वर्गको आभास, मुटुभित्र कतै सजिइरहेछ ।।
न त भुल्न सक्छु न त पाउन त्यो दिन,
खाली सम्झी कल्पिनु मात्रै छ त्यो छिन ।।।

No comments:

Post a Comment

Thank You very much. Raj