सुरक्षाकर्मीको बाक्लो उपस्थिती थियो ठमेल क्षेत्रमा, पहिले पहिले जस्तो यौनकर्मी तथा समलिङ्गीहरुको भीड नदेखिए पनि अँध्यारो कुनाकानीमा केहि संख्यामा भने देखिन्थे । सुरक्षाकर्मीको आँखा छलेर आफ्नो ब्यबसाय गरिरहेका देखिन्थे तिनीहरु ।
ठमेलको रात्री जिवन अर्थात दोहोरी, पव तथा वारहरु, डीस्को, डान्स वारहरु झिलीमिली सँगै चकाचक चलेको देखिन्थ्यो । पर्यटकहरुको ओहोर दोहोर अबिराम चलिरहेको थियो ।
“सर, यता जाउँ । गज्जबको डान्स हुँदैछ ।” – नसा बारको अगाडी पुगेपछि सेक्युरीटी गार्डको पोशाकमा रहेको एउटा मान्छेले हात जोड्यो । हा हा हा, उसको आदर देखेर त जाउँ की नलागेको त हैन ?
“के पाईन्छ दाजु त्यता ?” – मैले जिस्काएँ उस्लाई ।
“सबै थोक पाईन्छ सर ।” – उस्ले बुझेन हाम्रो जिस्काईलाई ।
“सबै थोक पाईन्छ भने त नजाने ।” – यति भन्दा हामी उस्लाई पछाडि छोडेर अगाडी बढिसकेको थियौँ । एक नजर पछाडि फ्याँके उ अल्मलिईरहेको थियो ।
“सर, फ्रेस माल छ, चाहिन्छ ?”– एउटा फुच्चे केहि केटाहरुलाई भन्दै थियो ।
हामीलाई पनि त्यही प्रश्न दोहोर्यायो ।
“हैन, भाई यो माल भनेको के हो ?” – मैले जिस्काएँ त्यो केटोलाई । उस्ले आफ्नो चोरी औला लगेर नाकको दाहिने तर्फ देखायो र फुत्त छिर्यो अगाडीको भीडमा ।
हामी सबै रमिता हेर्दै स्यान्डवीच कर्नर पुग्यौँ र अर्डर गरेर पर्खेर बस्यौँ । साहुजी रमाइला परेछन् केहि कुराहरु भए हामी बीच रात्री सेवाका बारेमा । कुनै बेला ड्रीम गार्डेन सकिने बित्तीकै एउटा स्यान्डवीच पसल हुने गर्दथ्यो जुन करिब २४ सै घण्टा खुल्थ्यो । हामी कहिलेकाहीँ आधा रातमा गएर कफि र स्यान्डवीच खाएर आउने गर्दथ्यौँ ।
एउटा स्याण्डवीचलाई आधा आधा बनाउन लगाएर टोक्दै हामी फर्कियौँ । अघि शान्ती वाटिका अगाडी देखिएका केहि यौनकर्मीहरु यता सरेछन् अहिले, ग्राहक नपाएर होला ? हामी चुपचाप अगाडी बढ्दै छौँ । बाटोमा थोरै मात्र सवारी साधनहरु चलेका देखिन्छन् । फाट्ट फुट्ट मान्छेको चहल पहल कायम नै छ । नाचघर अगाडी केहि यौनकर्मी केहि ग्राहकसँग बार्गेनीङ गर्दै गरेको भेटीए अनि भोटाहीटी तीर जमल निस्कने बाटोमा अगीनै हामी सँग कुरा भएकी मंगोलियन अनुहारकी यौन कर्मी पोशाकमै रहेका एउटा असई सँग कुरा गर्दै थिइ ।
हामी भानु बाजेको सालीक अगाडीको अँध्यारो ठाउँमा एकैछीन उभियौँ । हाम्रै अगाडी बाट एउटा मोटरसाइकलवालाले बोक्यो ती मंगोलियन अनुहारकी यौनकर्मीलाई । हामी अझै अगाडी बढ्दै छौँ । दरबार स्कुल अगाडी निष्पट्ट अँध्यारो छ सुनिन्छ त्यो अँध्यारोको फाईदा उठाएर लुटपाट पनि चल्छ त्यहाँ । लुट्नै बसे झैँ लाग्ने गरेर केहि केटाहरु बसेका थिए गेट कै अगाडी ।
रात्री बस चढ्ने ठाउँमा पुग्यौँ । बसहरु निकै कम देखिए पछि हामी बसपार्कमा गएर बसमा चढ्ने उदेश्यका साथ बसपार्क तीर लाग्यौँ । अन्य केहि मान्छेहरु पनि देखिए बसपार्कमा । बसपार्क अनौठो सँग खाली हुन्छ हरेक रात, दिनसँग दाँज्दा छक्क परिन्छ । कुनै खाली श्मसान जस्तो लाग्छ ..... एक्लो, खाली खाली अनि डरलाग्दो शान्ती ब्याप्त भएको .......................
( खासै बिषय नभएर मैले अगाडी लेखिँन )
No comments:
Post a Comment
Thank You very much. Raj