गाउँ खाने कथाको सवाल जवाफसँगै निकै कुराहरु भए त्यो रात । निदाउन नसके नि निदाएको अभिनय गर्दै थिएँ म पुरानै पारंगत थिएँ म निद्राको अभिनयको लागी ।
“अरु पनि सोध्नु न ।” – आवाजमा धीमापन थियो टिङ्की दिदीको, तर हातको तागत बढ्दै थियो यता म निचोरीईसकेको थिएँ ।
“तिमी एउटा सोध अनि अर्को म सोध्छु ।” – बा ले बोल्नुभयो ।
“बिहान उठ्ने बित्तीकै दुलोमा हात हाल्ने, के हो ?” – प्रश्न दुलोको थियो तर उनको हात कतै उठानमा थियो । उत्तर मलाई पनि आउँथ्यो तर म बोलिन्, निदाएको मान्छे बोल्दैनन् भन्ने मलाई थाहा थियो ।
“आग्लो खोलेको, ढोकाको ।” – बाले तत्कालै जवाफ फर्काउनुभयो । टिङ्की दिदीको कसाई सहन नसकेर मैले हात बिस्तारै हटाएँ तर निद्राकै सुरमा जसो गरी
।
“ल, अब मेरो पालो है त ?” – बाले भन्नुभयो र झ्याल खोलेर बाहिर कान थाप्नुभयो । आमाहरु तल्लो घरमा नै केहि काममा ब्यस्त हुनुहुन्थ्यो । झ्याल बन्द गरेर थप्नुभयो –“ल यस्को उत्तर दियौ भने पुरै काठमाडौँ घुमाईदिन्छु ।"
“हस् ।” – टिङ्की दिदी मलाई आफुमाथि खप्ट्याउने प्रयास गरिरहेकि थिईन् ।
“पँहेलो सारी खुलीत्त पारी कालो दुलामा ल्वाम्म हाली, के हो ?” – मेरो त तत्कालै होसहवास् उड्यो । टिङ्की दिदी पनि झस्किईन ।
“हेर, लाज पनि नभको नकचरो छोराहरुको अगाडी ..........।” – बोल्दै गर्दा आफ्नो खोँच भर्ने पुरा प्रयास थियो उनको । प्रयासले काम गरिरहेको थिएन रिसमा नै होला नराम्ररी तानीन उनले म त्यो पीडाले करिब करिब चिच्याएँ ।
“के भयो हेर त ?” – बाले भन्नुभयो ।
“सपनामा तर्स्या होला ।” – हतार हतार मलाई तल ओरालिन टिङ्की दिदीले । थप्थप्याउँदै सुताउन लागेको सफल अभिनय पनि ।
“खै त उत्तर ? कि डरायौ । यस्को उत्तर भनेनौँ भने त मैले जे भन्यो त्यही गर्न पर्छ ।” – बाले जोड गर्नुभयो ।
“त्यस्तो जावो अलि राम्रो सोध्नु न । मनपरि सोधेर ......।”– टिङ्की दिदीको छट्पटाहट बढ्दै थियो ।
“केहि पनि मन परि छैन, राम्रो कुरो हो । ल तपाईले भनेको मान्छु भन म उत्तर भन्छु ।” – बाले प्रस्ट्याउन थाल्नु भो ।
“ल मनपरि हैन रहेछ भने काठमाडौँ गएपछि मान्छु नी, हुन्छ ?” – टिङ्की दिदीले उत्तर दिईन् । सँगै मेरो हात तानेर कतै लग्ने प्रयत्न गर्न थालिन् ।
“केरा खाको ।” – बाको उत्तरले म अलिक हलुका भएँ । हातको औलाभरि केहि चोप लाग्यो, मैले हतार हतार हात तानेर लुकाएँ ।
“कसरी ?” – दिदीले सोधीन । मेरो हात तान्ने प्रक्रिया चल्दै थियो । मलाई असाध्यै घिन लागेर आयो । के गर्ने के गर्ने सोच्न नै सकिरहेको थिईँन मैले ।
“पहेँलो सारी भनेको बोक्रा अनि बोक्रा ताछेर कालो दुलामा भनेको मुखमा हाल्ने भनेको । भनेको मान्छु भनेको याद छ नी ।” – बाले जोड दिनुभयो ।
“अँ ।” – मात्रै यति बोली निस्क्यो । यता टिङ्की दिदीले बल गरेर मेरो हात तानेर कतै लगेर यताउता गराउन थाल्नुभो । मैले सहन गर्नै सकिँन । जुरुक्क उठेर पानी भनेर मागेँ । बाले झ्यालमा छ भन्नुभयो । गएर पानी पिएर भाइको अगाडी गएर सुतेँ, निदाएछु । एकैपटक भोलिपल्ट उठेर हेर्दा कोही पनि थिएन घरमा ।
“उठ् बाबु, धारामा गएर मुख धोएर आईज ।” – हजुरआमाले भन्नुभयो । घरमा बाआमा नभएको बेला ठुलोबाको घरबाट हजुरआमा आउनुहुन्थ्यो ।
धारामा जाँदा बाटोमा रातीको कुरा सम्झेँर हातको चोर औँला हेरेँ वाक्क आउला जस्तो लाग्यो । धारामा पुगेर दल्छे ढुङ्गोमा रगड्न थालेँ जति रगडे पनि घिन लागी नै रह्यो । एकसुरमा रगड्दा नराम्ररी दुख्यो, ढुङ्गामा रगत लागेको देखेर हेरेँ औलामा घाउ भएको थियो ।
समाप्त
(यो कथा हटाउन, नलेख्न वा लेखकको नाम छद्म राख्न धेरै सल्लाह दिनुहुने अग्रज र साथीभाईहरुमा आभार ब्यक्त गर्दछु ।)
No comments:
Post a Comment
Thank You very much. Raj