एकजना अधबैँसे नेता अचानक
तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, 'के हो ? एक
महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए
पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?'
नेताजीले
आफ्नो कहानी सुनाए, 'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी
सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल
सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल
उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न,
महिना दिनमै मेरो यो हालत भो ।'
साभार : फेसबुकबाट पुष्पराज दाहाल
No comments:
Post a Comment
Thank You very much. Raj