Monday, September 19, 2011

गजल

भेटै हुन पाको हैन, छोडी जाने कुरा किन ।
गन्तब्य छ कता कता, मोडी जाने कुरा किन ।।
बोलचाल शुरु भो माया प्रेम त भाकै छैन,
कलिलो यो चिनजान, तोडी जाने कुरा किन ।।
  
भर्खर पो कोपीला भो तिम्रो हाम्रो सम्बन्धको, 
फलै छैन कतै केहि, फोडी जाने कुरा किन ।।

 
देख्नु भोग्नु धेरै नै छन् केहि दिन पर्ख अरु
झारहरु उम्रीदैँ छन्, गोडी जाने कुरा किन ।।

 
भेटै हुन पाको हैन, छोडी जाने कुरा किन ।
गन्तब्य छ कता कता, मोडी जाने कुरा किन ।।

                         (झार – शत्रु)     २०६८ असोज ३ गते

No comments:

Post a Comment

Thank You very much. Raj