(आफन्तको, आफ्नो देशको कुरा काटेर वा कालो पोतेर आफु ठुलो हुने कोशिश गर्ने मान्छेको बानीले एकदिन उसैलाई पिर्छ । सबै अग्रज तथा मित्रहरुमा समर्पित । )
नाकले ऐनामा हेर्यो एकटकले । सबैभन्दा अग्लो, राम्रो, चटक्क परेर मिलेको पायो आफैँलाई । छिमेकी आफन्त सबै निचा नराम्रा ठहरिए उस्को अगाडी । नजिकैको आफन्त गालालाई निहार्यो, केहि न केहिको दाउरे अनि चाउरे पटक्कै मनपरेन उस्लाई । माथ्लाघरे जुम्ल्याहा दाजुहरु आखाँलाई हेर्यो, झिमझिम गरिरहने, पानी पसेको केहि न केहि घिन लागेर आयो उस्लाई । क्रमशः सबै आफन्तलाई निहार्दै गयो । निधार फुङ्ग उडेको मरुभुमि जस्तो, हसुर्या हसुर्यै गर्ने मुखको त कुरै छोडौँ, झन त्यो वल्लो कुनो र पल्लो कुनामा बस्ने कुरुप कान त........... । हरे कस्ता – कस्ता आफन्त ?।
नाकलाई तिनीहरु आफन्त हुन भन्न पनि लाज लाग्न थाल्यो । सबै आफन्तलाई हदैसम्म घृणा गर्न लाग्यो उ । आफन्तहरुको कारणले बेईज्जत भएको अनि सौन्दर्य नखुलेको कुरामा नाक बिश्वस्त भयो । अझै सुन्दर र देखिने लालसामा क्रमशः बिभीन्न बहानामा नाकले आफन्तहरुलाई कालो धस्दै गयो, छिमेकीहरुको त कुरै छोडौँ । सबै आफन्तलाई कालो पोतेर नाकले अहंकार पूर्वक पुनः ऐना हेर्यो ।.............
सुनिन्छ आजकल उ आफ्नै कुरुपतादेखि तर्सेर भाग्दो छ रे ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj