मैना धेरै दिनदेखि बिरामी छोरा लिएर नजिकैको बजार तिर लागी साथमा ५–७ पाथी मकैको पोको काखी च्यापेर । डाक्टरले हेरे जाँचे र पोषणयुक्त खानेकुराको अभावमा कुपोषण भएको निष्कर्षका साथ थरिथरीका भिटामीन र अन्य औषधी लेखिदीए ।
मैनाले छक्क पर्दै सोची –“के कमी गरेको थिएँ र खान लाउन ? जति खाए पनि ज्यानमा लाग्ने हैन ।”
बर्बराउँदै नजिकैको होटलमा छिरी जहाँ उस्ले हरेक बिहान दुध ठेक्ने गर्दथी । दुधको पैसा लिएर झोलाभरी भिटामीन र औषधीहरु किनी ।
अलिक परको मिलमा सबै मकै बेचेर छोराको लागी भनेर एक कार्टुन चाउचाउ, एउटा हर्लिक्स, अलिकती बिस्कुट र केहि बोतल कोकाकोला किनेर झोलामा हाली ।
मैनालाई छोराको स्वास्थ्यको धेरै नै चिन्ता लागीरहेको देखिन्थ्यो ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj