बिहीवार , जुन 30, 2011 तारिख 7:47साँझ बजे
जान्नेलाई देखायो र जान्नेले भनेअनुसार गाँउकै दुईजना शंकास्पद चोर दरिए । पाँच तोलाको सुनको सिक्री कसरी माया मार्नु र ? गाउँमा पुलिस भित्रीयो । मानेकै किटानी मुताबिक पुलिस पहिले गाउँकै भट्टी पसल तिर लागे गाउँलेको बढ्दो भिड सहित । धन्य ! सिक्री सकुशल भेटियो ।
माने मुन्टो निहुराउँदै हातमा हत्कडी सहित पुलिसको बिचमा तानिएर चौकी लगीदैँ थियो । पछी –पछी गाउँकै बच्चाहरुको रमिता लागेको थियो । गाउँलेहरु मुखामुख गर्दै मानेतिर हेर्दै थिए ।
कोहि बुज्रुक भर्खरै गाउँ भित्रीएका छिमेकीलाई बुझाउँदै थिए – “त्यो क्यारे हिजो राती तल माएलाको पसलाँ बाँसा बार भत्कार क्यारे चोरी भा रछ । (हल्ला हल्ला हल्ला हल्ला)...................................सिक्री ता क्यारे त्यही बारको बाँसमा पो तुन्द्रङ्ग झुन्डीराको । अनि त डन्ठेले क्यारे पिड्दै लइहाले नी ।”
बुज्रुक अझै के के भन्दै थिए तर हल्लाले उनको आवाज सुन्न सकिएन ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj