Tuesday, May 3, 2011

मेरो सपनाको देश –५

(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१

 मीना बाँस्कोटा
उत्प्रेरणा महिला बिद्यालय


नेपाल आमा तिमीलाई हँसाई,काखमा बस्ने छौँ ।
गहना तिम्रा प्राकृतिक धन,जोगाई राख्ने छौँ ।।


झुक्दैन हिमाल सुक्दैन सागर,यो सत्य ठान्ने छौँ ।
सूर्य र चन्द्र अङ्कित झन्डा,अटल राख्ने छौँ ।।

सबै प्राणी अटाउने एउटै,तिम्रो छ ठूलो काख ।
काँधमा काँध मिलाई हामी,जुट्ने छौँ एकै साथ ।।

पाटी र पौवा मठ र मन्दिर,जोगाई राख्ने छौँ ।
बिर्सने छैनौँ पञ्चे त्यो बाजा,बजाई राख्ने छौँ ।।

छोराको जति लाग्दछ माया,यो देशको हामीलाई ।
बुद्धले ज्ञान दिएको देश, हुँदैन भुल्नलाई ।।

No comments:

Post a Comment

Thank You very much. Raj