Tuesday, May 3, 2011

मेरो सपनाको देश २

(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१

अशोक उप्रेती, ९
मोनाष्टिक पब्लिक इङ्गलीस स्कुल


चाँदीझै टल्कने हिमाल अनि तन्नाझैँ फैलिएको तराई मधेस ।
सुगारङ्गी पटुकी बाँधेको पहाड साँच्चै सुन्दर छ मेरो सपनाको देश ।।


    गहिरो निद्रामा पर्दछु जब म देख्छु नेपालको त्यही घटना र क्रान्ति ।
    बुद्धका ती उपदेश कहाँ हराए फेरि एकजुट भई ल्याउ देशमा शान्ति ।।

भाईभाई किन फुटीरहेछन् यहाँ किन मच्चाईरहेछन् कलह झगडा ।
फुटेर हैन जुटेर बसौँ अनि पारौँ आफ्नो देशलाई मजबुत र तगडा ।।

    निदाउँछु जब म आँखामा खेल्छन् त्यही अशान्तिका रङ्गतरङ्ग ।
    मेरो सपनाको देश किन बिग्रदैँछ भनि फेरि बिँउझन्छु झसङ्ग ।।

कसले ल्यायो अमर जुनी यहाँ आखिर माटोमानै पर्दछ मिल्न ।
सपनाको देश स्रीगारौँ सब मिली के को आवश्यकता रगतको होली खेल्न ।।

    मेरो सपनाको देश कहिले सोचेजस्तो बन्ला लाग्याछैन अझै टुङ्गो ।
    भारी अपराध घटिरहेछन् यहाँ तर सरकार मानिरहेछ हलुङ्गो ।।

पानी बिनाको माछा सरि आज छटपटाईरहेछ यो मेरो मन ।
फेरि सपनामा डुब्छु अनी सोच्छु कहिले होला फुटेका भाईको मिलन ।।

    अवश्यनै बन्नेछ मेरो सपनाको देश राख्दछु यहि आश ।
    देश बनाउनै लाग्नेछु जब सम्म रहन्छ एक मुठी श्वास ।।

मेरो सपनाको देशमा कस्ले चलाईरहेछ क्रान्तिको राज, बसि मेरा दाजुभाईहरुको माझ ।
देश बिग्रदैँ गईरहेको उदाहरण स्पष्ट पार्दै बिदा हुन्छु आज ।।

No comments:

Post a Comment

Thank You very much. Raj