Tuesday, May 3, 2011

मेरो सपनाको देश १

(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१

नीरु सुवाल , ८
उत्प्रेरणा महिला बिद्यालय


फूल फुल्दा सुन्दर देख्ने फुलबारी
जस्तो बनाउन चाहन्छु म मेरो सपनाको देश   



हिउँदको सेतो टल्कने हिमाल जस्तो
बनाउन चाहन्छु म मेरो सपनाको देश                            



बसन्तमा  चल्ने शितल हावा जस्तो
बनाउन चाहन्छु म मेरो सपनाको देश

म जस्तै प्राणीले रमाउन सक्ने होस मेरो सपनाको देश

नराम्रो काम गर्नेहरुलाई असल बाटो देखाउने
एक उदाहरण बन्न सकोस मेरो सपनाको देश

कहिले पनि हत्या हिँसा नहुने र नगर्ने
बनाउन चाहन्छु म मेरो सपनाको देश

डाँफे मुनाल बस्न योग्य बनाउन चाहन्छु
म मेरो सपनाको देश

अरुको भन्दा धेरै ठूलो बनाउन चाहन्छु
म मेरो सपनाको देश ।।
                                                                                            

No comments:

Post a Comment

Thank You very much. Raj