गेडी १
फुलै फुल्यो रंगीन, बारी कान्ला ढाकेर ।
हिलो गयो बिदा भई, न्यानो घाम डाकेर ।।
भाकै हो,
दशैँ अब छेउमै आकै हो ।।
गेडी २
राम्रा राम्रा बनेर, दशैँ आयो भनेर ।
सबै बसे बालक, औंला भाँची गनेर ।।
उड्यो मन,
याद आयो आफ्नै बालापन ।।
गेडी ३
पिङ माथि मच्चिदैँ, थोत्रो बसाँ थच्चिदैँ ।
परदेशी फर्किए, आफ्नै घर सम्झीदैँ ।।
आए रे,
गाँउभरी खुशी ल्याए रे ।।
गेडी ४
गाँउघर्का पर्देशी, बिरह पो गाँउछौ की ।
येस्पाली यस्तै भो, अर्कोपाली आँउछौ की ?।।
छोएर,
नबस भो त्यसै रोएर ।।
गेडी ५
भिडभाड बजार, सबै तिर हजार ।
चाडपर्ब यस्तै हो, आउँछ बाजा बजार ।।
खालानी,
फर्कदा रिन बोकाइ जाला नी ।।
No comments:
Post a Comment
Thank You very much. Raj