Wednesday, February 9, 2011

Forum of Institutional School Managers (FISM)

Fism Cup First Interschool Football Tournament - 2067


खेल १
नेक्सस ईन्टरनेसनल स्कुल र ग्लोब पब्लीक स्कुल
उद्घाटनको अवसरमा भएको पहिलो खेलमा आमने सामने थिए । “ यसपालीको सम्भावीत बिजेता मानिएको नेक्सस ईन्टरनेसनल स्कुल र निकै कमजोर मानिएको ग्लोबल पब्लीक स्कुल” । ग्लोबलले हाफटाईमसम्म गोल नखाएर सबैलाई चकित पारिदीयो । खेलको अन्तसम्म दुबै टिम गोलरहित बराबरीमा खेल्दै खेल ट्राईबेकरमा अबिश्वसनीय किसिमले ग्लोबलले सनसनी पूर्णरुपमा आफ्नो पक्षमा पा¥यो ।
म्यान अफ द म्याच ः रोशन गुरुङ्ग
कक्षा ः ५ (ग्लोबल पब्लिक स्कुल )
पहेँलो कार्ड ः सरोज थापा र सन्देश थापा (ग्लोबल पब्लिक स्कुल )


g]S;; :s'nsf v]nf8Lx?



खेल २
भिमेश्वर एकेडेमी र दिपीका शिक्षा सदन
उद्घाटनको दिनमा भएको दोश्रो खेलमा आमने सामने थिए “भिमेश्वर एकेडेमी र दिपीका शिक्षा सदन ।” पहिलो हाफमा एक गोलले पछि परेको भिमेश्वर दोश्रो हाफमा खेलमा फर्कदैँ खेल बराबरी पार्न सफल भयो । नियमीत समयको खेल २ – २ गोलको बराबरमा समाप्त भएपछि जीत पेनाल्टी सुट आउट मार्फत भिमेश्वरको पोल्टामा पर्न गयो । नियमीत समयमा भिमेश्वर एकेडेमीको तर्फबाट बीकास थापाले पहिलो हाफ तथा दोश्रो हाफमा गोल गरे भने दिपीका शिक्षा सदनको तर्फबाट कप्तान अमिर कार्की र तीलक शिवाकोटीले गोल गरेका थिए ।
म्यान अफ द म्याच ः प्रदीप कार्की कक्षा ः ७ ( भिमेश्वर एकेडेमी )
पहेँलो कार्ड ः दीपक पन्त दिपीका शिक्षा सदन र गौरब कटुवाल भिमेश्वर एकेडेमी

भिमेश्वर एकेडेमीका खेलाडी




खेल ३
प्रज्ञा सेकेन्डरी स्कुल र लोयल्टी एकेडेमी
दोश्रो दिनमा भएको पहिलो खेलमा आमने सामने थिए “प्रज्ञा सेकेन्डरी स्कुल र लोयल्टी एकेडेमी ।” प्रज्ञा सेकेन्डरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि सम्भबतः प्रतियोगीताकै उत्कृष्ट लयमा देखिएको लोयल्टीको अगाडी केहि लागेन अन्तमा उक्त प्रतिस्पर्धात्मक खेलमा ३ गोलको अग्रता लीदैँ लोयल्टी एकेडेमी बिजयी भयो । बिजयी टीमको तर्फबाट आङ्गसोनाम शेर्पा, अशोक श्रेष्ठ र पुस्कल लीम्बुले एक एक गोल गरेका थिए ।
म्यान अफ द म्याच ः
पहेँलो कार्ड ः प्रेशल लिम्बु लोयल्टी एकेडेमी र शुशील पाण्डे प्रज्ञा सेकेन्डरी स्कुल


प्रमुख अतिथि के पी ओली  सहित

खेल ४
जगत मन्दिर स्कुल र ग्रीनवीच एकेडेमी
दोश्रो दिनमा भएको दोश्रो खेलमा आमने सामने थिए “जगत मन्दिर स्कुल र ग्रीनवीच एकेडेमी ।” उक्त खेलमा जगत मन्दिर स्कुल अनुपस्थित रहेकोले ग्रीनवीच एकेडेमी स्वतः दोश्रो चरणमा प्रबेश ग¥यो ।


ग्रीनवीच एकेडेमीका खेलाडी
खेल ५
ज्ञान निकेतन स्कुल र एम्स ईन्टरनेशनल एकेडेमी
दोश्रो दिनमा भएको अन्तीम खेलमा आमने सामने थिए “ज्ञान निकेतन स्कुल र एम्स ईन्टरनेशनल एकेडेमी ।” अत्यन्तै प्रतिस्पर्धात्मक उक्त खेलमा उत्कृष्ट लयमा देखिएको एम्सका क्याप्टेन अजय दुलालको प्रतियोगीताकै पहिलो ह्याट्रीकको मद्दतले ज्ञान निकेतन स्कुललाई ३–१ ले हराउँदै अर्को चरणमा प्रबेश ग¥यो । ज्ञान निकेतन स्कुलको तर्फबाट सरोज सापकोटाले एक गोल फर्काएका थिए ।
म्यान अफ द म्याच ः अजय दुलाल (एम्स ईन्टरनेशनल एकेडेमी)
पहेँलो कार्ड ः सन्दीप कुमार गुप्ता एम्स ईन्टरनेशनल एकेडेमी

एम्स ईन्टरनेशनल एकेडेमीका खेलाडी
खेल ६
रीभेरा सेकेन्डरी स्कुल र मोनाष्टिक पब्लीक स्कुल
प्रतियोगीताको तेश्रो दिनमा भएको पहिलो खेलमा आमने सामने थिए “रीभेरा सेकेन्डरी स्कुल र मोनाष्टिक पब्लीक ईङ्गलीस स्कुल ।” प्रतिस्पर्धात्मक उक्त खेलमा उत्कृष्ट लयमा रीभेरा सेकेन्डरी स्कुल देखिए पनि उस्का ४ प्रहारहरु गोलपोष्टमा ठोकिए पछि मोनाष्टिक पब्लीक स्कुलको हातबाट २–० ले हार खान पुग्यो । उक्त दुवै गोल बीपीन गिरीले गरेका थिए ।
म्यान अफ द म्याच ः (रीभेरा सेकेन्डरी स्कुल )
पहेँलो कार्ड ः कीरण ढकाल (मोनाष्टिक पब्लीक स्कयल)


मोनाष्टिक पब्लीक स्कुलका खेलाडी

खेल ७
क्याम्ब्रीज पब्लीक स्कुल र माउन्ट सेब ईङ्गलीस स्कुल
प्रतियोगीताको तेश्रो दिनमा भएको दोश्रो खेलमा आमने सामने थिए क्याम्ब्रीज पब्लीक स्कुल र माउन्ट सेब ईङ्गलीस स्कुल ।” अत्यन्तै नाटकीय उक्त खेलमा अन्तीम समयमा माउन्ट सेब ईङ्गलीस स्कुलले जीत हात पा¥यो । बिजेताको तर्फबाट साहस कटिला र सजल श्रेष्ठले गोल गरे भने क्याम्ब्रीज पब्लीक स्कुलका लागी एक मात्र गोल नीमा दोर्जे योन्जनले गरेका थिए ।
म्यान अफ द म्याच ः नीमा दोर्जे योन्जन ( क्याम्ब्रीज पब्लीक स्कुल )
पहेँलो कार्ड ः कीरण ढकाल ः सागर लिम्बु ( क्याम्ब्रीज पब्लीक स्कुल )
सजल श्रेष्ठ र अमरनाथ श्रेष्ठ ( माउन्ट सेब ईङ्गलीस स्कुल )

माउन्ट सेब ईङ्गलीस स्कुलका खेलाडी

खेल ८
अर्किड पुपिल ईङ्गलीस स्कुल र मेरिल्यान्ड पब्लिक उच्च मा.बि.
प्रतियोगीताको तेश्रो दिनमा भएको अन्तिम खेलमा आमने सामने थिए अर्किड पुपिल ईङ्गलीस स्कुल र मेरिल्यान्ड पब्लिक उच्च मा.बि.।” पहिलो मिनेटको शुरुमै गोल खाएको अर्किडले मेरिल्यान्डका गोलकिपर अनन्त श्रेष्ठको फाउलसँगै पाएको पेनाल्टीमार्फत १९ औँ मिनेटमा गोल गरेर खेल बराबरी गर्न सफल भयो । प्रतिस्पर्धात्मक उक्त खेलको अन्तमा एक गोल थप्दै मेरिल्यान्ड पब्लिक उच्च मा.बि. २–१ ले बिजयी हुँदै अर्को चरणमा प्रबेश ग¥यो । मेरिल्यान्ड पब्लिक उच्च मा.बि.का लागी दुवै गोल आर्यन भण्डारीले गरेका थिए ।
म्यान अफ द म्याच ः दिल कुमार लामा ( अर्किड पुपिल ईङ्गलीस स्कुल )
पहेँलो कार्ड ः सुरज कुमाल ( अर्किड पुपिल ईङ्गलीस स्कुल )
अनन्त श्रेष्ठ – जर्सी नं १ र अनुप भुजेल – जर्सी नं ११ ( मेरिल्यान्ड पब्लिक उच्च मा.बि.)
अर्किड पुपिल ईङ्गलीस स्कुलका खेलाडी
खेल ९
ब्लुमिङ्ग स्कलर्स एकेडेमि र पिस प्वाईन्ट ईङ्गलिस स्कुल
प्रतियोगीताको चौथो दिनमा भएको पहिलो खेलमा आमने सामने थिए ब्लुमिङ्ग स्कलर्स एकेडेमि र पिस प्वाईन्ट ईङ्गलिस स्कुल ।” पहिलो हाफको १२ औँ मिनेटमा अक्रिस पुनले गरेको गोलसँगै अग्रता लिएको ब्लुमिङ्ग स्कलर्स एकेडेमिसँग २० औँ मिनेटमा पिस प्वाईन्ट ईङ्गलिस स्कुलका सन्जय अधिकारीले गोल गर्दै खेल बराबर पार्न सफल भएका थिए । दोश्रो हाफको ८ औँ मिनेटमा ब्लुमिङ्ग स्कलर्स एकेडेमिका सुसन थापाले अर्को गोल गर्दै खेल आफ्नो पक्षमा पारे । ब्लुमिङ्ग स्कलर्स एकेडेमि. २–१ ले बिजयी हुँदै अर्को चरणमा प्रबेश ग¥यो ।
म्यान अफ द म्याच ः सुसन थापा ( ब्लुमिङ्ग स्कलर्स एकेडेमि )
पहेँलो कार्ड ः सुसन थापा ( ब्लुमिङ्ग स्कलर्स एकेडेमि )

पिस प्वाईन्ट ईङ्गलिस स्कुलका खेलाडी

खेल १०
बेस्ट ग्रुप भिजन माध्यमीक बिद्यालय र अन्नपूर्ण ईङ्गलिस स्कुल
प्रतियोगीताको चौथो दिनमा भएको दोश्रो खेलमा आमने सामने थिए बेस्ट ग्रुप भिजन माध्यमीक बिद्यालय र अन्नपूर्ण ईङ्गलिस स्कुल ।” पहिलो हाफको १७ औँ मिनेटमा बेस्ट ग्रुप भिजनका उत्कुष्ट खेलाडि बिजय तामाङ्गले आफ्नै पोष्टतर्फ क्लीयर गरेको बल गोलकिपरसँग समन्वयको अभावले सुसाईट गोल हुन पुग्यो । दोश्रो हाफमा सन्जय थापाको गोलसँगैँ अन्नपूर्ण ईङ्गलिस स्कुलले २ गोलको अग्रता लियो । दोश्रो हाफको २६ औँ मिनेटमा आशिष खड्काको गोलसँगै बेस्ट ग्रुप भिजन माध्यमीक बिद्यालय खेलमा फर्कन प्रयास गरेपनि अन्तमा अन्नपूर्ण ईङ्गलिस स्कुलले खेल २–१ ले जित्दै अर्को चरणमा प्रबेश ग¥यो ।
म्यान अफ द म्याच ः ( अन्नपूर्ण ईङ्गलिस स्कुल )
पहेँलो कार्ड ः संजीब राई, सागर पन्त र रोशन शाह ( अन्नपूर्ण ईङ्गलिस स्कुल )
राजु बि. क. र रोशन गिरी (बेस्ट ग्रुप भिजन माध्यमीक बिद्यालय)
मैदानको दृश्य
खेल ११
लीड्स एकेडेमी र स्वर्णीमतारा बिद्या सदन
प्रतियोगीताको चौथो दिनमा भएको अन्तिम खेलमा आमने सामने थिए लीड्स एकेडेमी र स्बर्णीमतारा बिद्या सदन ।” आकाश खड्काको निर्णायक एक गोलको अग्रता जोगाउँदै स्बर्णीमतारा बिद्या सदन अर्को चरणमा प्रबेश ग¥यो । उक्त खेलमा पर्याप्त मात्रामा पहेँलो कार्ड प्रयोग गरिएको थियो ।
म्यान अफ द म्याच ः ( स्बर्णीमतारा बिद्या सदन )
पहेँलो कार्ड ः बीक्रम आचार्य, रबिन अवाले, सुरज श्रेष्ठ र राजु राई ( स्वर्णीमतारा बिद्या सदन )
पुष्कर थापा मगर र किरण खड्का ( लीड्स एकेडेमी )

खेलाडीहरू
खेल १२
ग्रामर पब्लिक उच्च मा बी र पवन प्रकृती उच्च मा बी
प्रतियोगीताको पाँचौ दिनमा भएको पहिलो खेलमा आमने सामने थिए ग्रामर पब्लिक उच्च मा बी र पवन प्रकृती उच्च मा बी ।” अत्यन्तै खतरनाक देखिएका पवन प्रकृतीका खेलाडीहरुले सबै दर्शकहरुलाई आफ्नो खेलबाट जीब्रो टोक्न बाध्य पारे भने ग्रामर स्कुलको खेल धेरै राम्रो हुदाँहुँदै पनि पवन प्रकृती ७–० ले हार्न पुग्यो । अन्तमा पवन प्रकृतीले आयोजक फीजमको नियम भन्दा बाहिरका खेलाडी खेलाएको प्रमाणीत भएपछि तत्कालै पवन प्रकृती उच्च मा बी का खेलाडीहरुलाई अयोग्य घोषित गर्दै ग्रामर पब्लिक उच्च मा बी लाई अर्को चरणमा प्रबेश गराईयो ।
म्यान अफ द म्याच ः
पहेँलो कार्ड ः योगेश राई ( पवन प्रकृती उच्च मा बी )

ग्रामर पब्लिक उच्च मा बीका खेलाडीहरू
खेल १३
बेबीलोन नेशनल स्कुल र ग्लोबल पब्लिक स्कुल
प्रतियोगीताको पहिलो प्री –क्वार्टरफाईनल खेल बेबीलोन नेशनल स्कुल र ग्लोबल पब्लिक स्कुल बिच भएको थियो । पहिलो चरणमा बाई पाएर आएको बेबीलोन नेशनल स्कुल र नेक्सस स्कुललाई हराएर उच्च मनोबलका साथ आएको ग्लोबल पब्लिक स्कुलबिचको खेल एकतर्फी रुपमा ग्लोबलको पक्षमा देखियो । अर्बिन चौधरी, सुमन बिष्ट, सरोज थापा र अशोक गौचनको १–१ गोलको मद्दतले ग्लोबल पब्लिक स्कुलले बेबीलोन नेशनल स्कयल ४–० ले पराजित ग¥यो ।
म्यान अफ द म्याच ः स्वरुप थापा मगर (ग्लोबल पब्लिक स्कुल)
पहेँलो कार्ड ः सन्दिप थापा (ग्लोबल पब्लिक स्कुल)


ग्लोबल पब्लिक स्कुलका खेलाडीहरू 

खेल १४
भीमेश्वर एकेडेमी र लोयल्टी एकेडेमी
प्रतियोगीताको दोश्रो प्री –क्वार्टरफाईनल खेल भीमेश्वर एकेडेमी र लोयल्टी एकेडेमी बिच भएको थियो । पहिलो चरणमा जीतेर आएका दूई टिम बिचको खेलमा लोयल्टी एकतर्फी रुपमा भीमेश्वरमाथि हाबी देखियो । अशोक श्रेष्ठको ह्याट्रीक तथा दिल कुमार लिम्बु, मीङ्गमा छिरीङ्ग शेर्पा, पुस्कल लिम्बु, दिपक कार्की र फुर्वा छिरीङ्ग शेर्पाको १–१ गोलको मद्दतले लोयल्टी एकेडेमीले भीमेश्वर एकेडेमीमाथि ८–० को शानदार जित दर्ता ग¥यो ।
म्यान अफ द म्याच ः दिल कुमार लिम्बु ( लोयल्टी एकेडेमी)
पहेँलो कार्ड ः सुसन गुरुङ्ग ( लोयल्टी एकेडेमी )
लोयल्टी एकेडेमीका खेलाडीहरू

खेल १५
ग्रीनवीच एकेडेमी र एम्स ईन्टरनेशनल एकेडेमी
प्रतियोगीताको तेश्रो प्री –क्वार्टरफाईनल खेल ग्रीनवीच एकेडेमी र एम्स ईन्टरनेशनल एकेडेमी बिच भएको थियो । पहिलो चरणमा वाकओभर पाएर आएको ग्रीनवीच र ज्ञान निकेतनलाई जितेर आएको एम्स स्कुल बिचको खेलमा धेरैको सोचाई बिपरीत २–० गोल अन्तरले ग्रीनवीचले जित्दै क्वार्टरफाईनल चरणमा प्रबेश ग¥यो । ग्रीनवीच एकेडेमीको तर्फबाट प्रकाश थापा र ओम प्रकाश गुरुङ्गले १–१ गोल गरेका थिए ।
म्यान अफ द म्याच ः ओम प्रकाश गुरुङ्ग ( ग्रीनवीच एकेडेमी )
पहेँलो कार्ड ः प्रकाश थापा ( ग्रीनवीच एकेडेमी )
सन्दिप थापा (एम्स ईन्टरनेशनल एकेडेमी)

ग्रीनवीच एकेडेमीका खेलाडी

खेल १६
प्रशान्ति शिक्षा सदन र मोनाष्टिक ईङ्गलिस स्कुल

प्रतियोगीताको चौथो प्री –क्वार्टरफाईनल खेल प्रशान्ति शिक्षा सदन र मोनाष्टिक ईङ्गलिस स्कुल बिच भएको थियो । पहिलो चरणमा जितेर आएको मोनाष्टिक ईङ्गलिस स्कुल र बाई पाएर आएको प्रशान्ति शिक्षा सदन बिच भएको खेलमा अप्रत्याशित रुपमा मोनाष्टिकको एक मुख्य खेलाडीको हात भाँच्चिएपछि खेल २–१ ले हार्न पुग्यो । बीजेता बिद्यालयको तर्फबाट रमेश खड्का र सचिन गुरुङ्गले एक एक गोल गरेका थिए भने मोनाष्टिकका बिपिनराज गिरीले एक मात्र गोल गरेका थिए ।
म्यान अफ द म्याच ः सचिन गुरुङ्ग ( प्रशान्ति शिक्षा सदन )
पहेँलो कार्ड ः बिकेश बादे ( मोनाष्टिक ईङ्गलिस स्कुल )
मोनाष्टिक ईङ्गलिस स्कुल

खेल १७
साम्भबी ईङ्गलीस बोर्डिङ्ग स्कुल र माउण्ट सेब ईङ्गलिस स्कुल
प्रतियोगीताको पाँचौ प्री –क्वार्टरफाईनल खेल साम्भबी ईङ्गलीस बोर्डिङ्ग स्कुल र माउण्ट सेब ईङ्गलिस स्कुल बिच भएको थियो । पहिलो चरणमा जितेर आएको माउण्ट सेब ईङ्गलिस स्कुल र बाई पाएर आएको माउण्ट सेब ईङ्गलिस स्कुल बिच भएको खेल धेरै फिक्का रह्यो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । खेल ट्राईबेकरमा भने धेरै रोमाञ्चक रह्यो । सबै १० जना खेलाडीहरुले पेनाल्टी हान्न पाएको उक्त खेलमा साम्भबी ईङ्गलीस बोर्डिङ्ग स्कुल बिजयी रह्यो ।
म्यान अफ द म्याच ः नृपेश खड्का ( साम्भबी ईङ्गलीस बोर्डिङ्ग स्कुल )
पहेँलो कार्ड ः युजल श्रेष्ठ ( माउण्ट सेब ईङ्गलिस स्कुल )
पत्रकार सम्मेलनको एक दृष्य

खेल १८
मेरिल्यान्ड पब्लिक उच्च मा बी र ब्लुमिङ्ग स्कलर्स एकेडेमि
प्रतियोगीताको छैटौँ प्री –क्वार्टरफाईनल खेल मेरिल्यान्ड पब्लिक उच्च मा बी र ब्लुमिङ्ग स्कलर्स एकेडेमि बिच भएको थियो । पहिलो चरणमा जितेर आएकाले दुबै टीम एक अर्कालाई जित्न आतुर देखिन्थे । तर मेरिल्यान्ड पब्लिकका दुई खेलाडी मनिष पौडेल र आर्यन भण्डारीको उत्कृष्ट तालमेलको मद्दतले ब्लुमिङ्ग स्कलर्स एकेडेमिलाई ३–१ प्छि छोड्दै मेरिल्यान्ड क्वार्टरफाईनलमा प्रबेश ग¥यो । मनिष पौडेलको नाममा २ गोल र आर्यन भण्डारीको नाममा १ गोल रह्यो भने ब्लुमिङ्गको तर्फबाट शुशन थापा मगरले एक गोल गरे । यस खेलमा कुनै पनि पँहेलो कार्ड दखाईएको थिएन ।
म्यान अफ द म्याच ः मनिष पौडेल ( मेरिल्यान्ड पब्लिक उच्च मा बी )

खेल १९
अन्नपूर्ण ईङ्गलिस स्कुल र स्वर्णीम तारा बिद्या सदन
प्रतियोगीताको सातौँ प्री –क्वार्टरफाईनल खेल अन्नपूर्ण ईङ्गलिस स्कुल र स्वर्णीम तारा बिद्या सदन बिच भएको थियो । पहिलो चरणमा जितेर आएकाले दुबै टीम एक अर्कालाई जित्न आतुर देखिन्थे भने दुबै टिम प्राबिधीक रुपमा उस्तै लाग्दथे । दुबै टिमको पास राम्रो भएपनि स्ट्राईकरको अभाव टड्कारै देखिन्थ्यो । नियमीत समयमा कुनै पनि टीमले गोल नगरेपछि खेल ट्राईबेकरमा पुग्यो र ट्राईबेकरमा स्वर्णीम तारा बिद्या सदनले अन्नपूर्ण ईङ्गलिस स्कुललाई जित्दै क्वाटैरफाईनलमा प्रबेश ग¥यो । यस खेलमा पनि स्वर्णीम तारा भाग्यमानी साबीत भयो ।
म्यान अफ द म्याच ः सबिन श्रेष्ठ ( अन्नपूर्ण ईङ्गलिस स्कुल )
पहँेलो कार्ड ः बिक्रम आचार्य (स्वर्णीम तारा बिद्या सदन )

स्वर्णीम तारा बिद्या सदनका खेलाडीहरू

खेल  २०
मङ्गल ईङ्गलिस स्कुल र ग्रामर पब्लिक उच्च मा बि
प्रतियोगीताको आठौँ तथा अन्तिम प्री –क्वार्टरफाईनल खेल मङ्गल ईङ्गलिस स्कुल र ग्रामर पब्लिक उच्च मा बि बिच भएको थियो । पहिलो चरणमा पवन प्रकृतिसँग हारेर पनि प्रोटेस्ट मार्फत आएको जितेर ग्रामर पब्लिक उच्च मा बि र बाई पाएर आएको मङ्गलबिचको खेलमा ग्रामर हाबी हुने पूर्वानुमान बिपरीत मङ्गलले २–० ले खेल आफ्नो पक्षमा पा¥यो । लक्ष्मण खत्री र सुजन तामाङ्गले मङ्गलको तर्फबाट गोल गरेका थिए भने ग्रामरका जर्सी नं ११ का सानो कदका खेलाडी प्रकाश कार्कीले आफ्नो खेलकौशल मार्फत सबैलाई मुग्ध पारे ।     
             म्यान अफ द म्याच ः  प्रकाश कार्की ( ग्रामर पब्लिक उच्च मा बि )
             पहँेलो कार्ड ः         प्रकाश कार्की ( ग्रामर पब्लिक उच्च मा बि )

मङ्गल ईङ्गलिस स्कुल र ग्रामर पब्लिक उच्च मा बि बिचको खेल हुँदै

खेल २१
ग्लोबल पब्लिक स्कुल र लोयल्टी एकेडेमी
प्रतियोगीताको पहिलो क्वार्टरफाईनल खेल ग्लोबल पब्लिक स्कुल र लोयल्टी एकेडेमी बिच भएको थियो । अघिल्लो चरणमा शानदार जित सहित आएको लोयल्टी र दोश्रो चरणमा बेबीलोनमाथि ४–० को जित निकालेर उच्च मनोबलका साथ आएको ग्लोबल बिचको खेल एकतर्फी रुपमा लोयल्टीको पक्षमा रह्यो । ग्लोबललाई निराश पार्दै लोयल्टीले नतिजा ८–० ले आफ्नो पक्षमा पा¥यो । मिङ्गमा तेन्जीङ्ग शेर्पा र अशोक श्रेष्ठले ह्याट्रीक गरेको उक्त खेलमा दील कुमार लिम्बु र अमिर अधिकारीले १–१ गोल गरेका थिए ।
म्यान अफ द म्याच ः अशोक श्रेष्ठ ( लोयल्टी एकेडेमी )
पहँेलो कार्ड ः मिङ्गमा तेन्जीङ्ग शेर्पा र पुस्कल लिम्बु ( लोयल्टी एकेडेमी )

ग्लोबल पब्लिक स्कुलका खेलाडी

खेल २२
ग्रीनवीच एकेडेमी र प्रशान्ती शिक्षा सदन
प्रतियोगीताको दोश्रो क्वार्टरफाईनल खेल ग्रीनवीच एकेडेमी र प्रशान्ती शिक्षा सदन भएको थियो । अघिल्लो चरणमा एम्सलाई हराएर आएको ग्रीनवीच र मोनाष्टिकलाई जितेर आएको प्रशान्ती शिक्षा सदनबिचको खेल ग्रीनवीचले ३–० ले जित्दै सेमीफाईनलमा प्रबेश ग¥यो । ग्रीनवीचका लागी संजय लामा ले २ गोल तथा प्रकाश थापाले एक गोल गरेका थिए ।
म्यान अफ द म्याच ः संजय लामा (ग्रीनवीच एकेडेमी)
पहँेलो कार्ड ः सरोज राई (ग्रीनवीच एकेडेमी)

ग्रीनवीच एकेडेमी

खेल २३
साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुल र मेरिल्याण्ड पब्लिक उच्च मा बी

प्रतियोगीताको तेश्रो क्वार्टरफाईनल खेल साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुल र मेरिल्याण्ड पब्लिक उच्च मा बी बिच भएको थियो । साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुलका खेलाडीहरु फीजमको नियमानुसारका छैनन् कि भन्ने शंका हुँदा हुँदै पनि केहि ढिलो गरि शुरु गरिएको खेलमा मेरिल्याण्डले जितेपछि आयोजकलाई निकै सजिलो भएको थियो । फेरि पनि स्ट्राईकरहरुको मिठो तालमेलको मद्दतले मेरिल्याण्ड पब्लिक उच्च मा बी ले साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुललाई ३–१ ले निराश पार्दै सेमिफाईनलमा प्रबेश ग¥यो । रन्जिब कार्की, अनुप भुजेल र आर्यन भण्डारीले १–१ गोल गरेको उक्त खेलमा साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुलका लागी एक मात्र गोल सचिन श्रेष्ठले गरेका थिए ।

तेश्रो स्थानको लागी खेल शुरू हुँदै


म्यान अफ द म्याच ः अनुप भुजेल ( मेरिल्याण्ड पब्लिक उच्च मा बी )
पहँेलो कार्ड ः ईश्वर कार्की ( मेरिल्याण्ड पब्लिक उच्च मा बी )
उज्जवल सुनुवार (साम्भवी ईङ्गलीस बोर्डिङ्ग स्कुल)



खेल २४
स्वर्णीम तारा बिद्या सदन र मङ्गल ईङ्गलिस स्कुल
प्रतियोगीताको अन्तिम क्वार्टरफाईनल खेल स्वर्णीम तारा बिद्या सदन र मङ्गल ईङ्गलिस स्कुल बिच भएको थियो । नियमीत खेलाडी बिक्रम आचार्यले दुईवटा खेलमा पँहेलो कार्ड पाएपछि केहि धर्मराएको स्वर्णीम तारा बिद्या सदन र ग्रामरलाई जितेर उच्च मनोबलका साथ आएको मङ्गल ईङ्गलिस स्कुलबिचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । आफुले लिएको अग्रता जोगाउन नसक्दा र अन्तिम समयमा गोलकिपरको ठुलो गल्तीका कारण मङ्गल ईङ्गलिस स्कुल १–२ हार्दै क्वार्टरफाईनलमा नै सिमीत रहन पुग्यो भने स्वर्णीम तारा स्ट्राईकरको कमी खट्काउँदै सेमिफाईनलमा पुग्यो । बिजेताको तर्फबाट दुबै गोल रबिन अवालेले गरेका थिए भने राम गुरुङ्गले मङ्गलको लागी एक गोल गरे ।
म्यान अफ द म्याच ः रबिन अवाले ( स्वर्णीम तारा बिद्या सदन )
पहँेलो कार्ड ः रबिन अवाले ( स्वर्णीम तारा बिद्या सदन )
सञ्जय डोटेल (मङ्गल ईङ्गलिस स्कुल )

कार्यक्रमका संयोजक आर बी कटुवाल



रेफ्रीको इशारा

खेल २५

लोयल्टी एकेडेमी र ग्रीनवीच एकेडेमी

प्रतियोगीताको पहिलो सेमिफाईनल खेलमा लोयल्टी एकेडेमी र ग्रीनवीच एकेडेमी आमनेसामने थिए । प्रतियोगीता भरि कुनै पनि गोल नखाएको लोयल्टी र रणनिती परिवर्तन गर्न माहिर ग्रीनवीच एकेडेमी बिचको खेल रोमाञ्चक हुने आशा बिपरीत लोयल्टीले एकतर्फी नतिजा निकाल्दै खेल जित्यो । ग्रीनवीच एकेडेमीको रणनिती केहि हदसम्म सफल रहेपनि जस्लाई बढि कभर गरिएको थियो उसैले ४ गोल गर्दा खेल लोयल्टीले ५–० को नतिजा निकाल्दै शानसँग फाईनल प्रबेश ग¥यो । ४ गोल गर्ने खेलाडी थिए जर्सी नं ७ का मिङ्गमा तेन्जीङ्ग शेर्पा भने अर्को गोल लोयल्टी एकेडेमीका क्याप्टेन अशोक श्रेष्ठले गरेका थिए ।
सेमिफाईनलसम्मको ४ खेलमा लोयल्टीले कुनै गोल नखाई बिपक्षी टीमलाई २४ गोल गरेको थियो । जस्मा लोयल्टी एकेडेमीका क्याप्टेन अशोक श्रेष्ठ र मिङ्गमा तेन्जीङ्ग शेर्पाले ८–८ गोल गरेका थिए ।
म्यान अफ द म्याच ः मिङ्गमा तेन्जीङ्ग शेर्पा ( लोयल्टी एकेडेमी )
पहँेलो कार्ड ः सागर आले ( ग्रीनवीच एकेडेमी )


प्रतियोगिताका सदस्य सचिब बिशाल सापकोटा

खेल २६
स्वर्णीम तारा बिद्या सदन र मेरिल्याण्ड पब्लिक उच्च मा बी
प्रतियोगीताको दोश्रो सेमिफाईनल खेलमा स्वर्णीम तारा बिद्या सदन र मेरिल्याण्ड पब्लिक उच्च मा बी आमनेसामने थिए । प्रतियोगीताभरि खतरनाक स्ट्राईकरकै भरमा अर्को टिमलाई चुनौती दिएको मेरिल्याण्ड पब्लिक उच्च मा बी र खेल राम्रो हुँदाहुँदै पनि स्ट्राईकरको अभावमा पाएका मौकामा गोल गर्न असफल रहने स्वर्णीम तारा बिद्या सदन बिचको खेल दोश्रो हाफपछि सम्पूर्ण रुपमा स्वर्णीम ताराको हातबाट खुस्किदैँ मेरिल्याण्ड पब्लिकको हातमा पर्न गयो । दोश्रो हाफपछि भएको ४ गोलको मद्दतले मेरिल्याण्डले ५–१ गोल अन्तरले स्वर्णीम तारा बिद्या सदनलाई तेश्रो स्थानको लागी खेल्नको लागी छोड्दै फाईनलमा प्रबेश ग¥यो । मेरिल्याण्डको तर्फबाट आर्यन भण्डारी र रन्दीप कार्कीले २–२ गोल गरे भने १ गोल मनिष पौडेलको नाममा रह्यो । त्यस्तै स्वर्णीमताराको तर्फबाट १ गोल मनोज थापाले गरेका थिए ।
म्यान अफ द म्याच ः आर्यन भण्डारी ( मेरिल्याण्ड पब्लिक उच्च मा बी )
पहँेलो कार्ड ः रोशन बोहरा ( मेरिल्याण्ड पब्लिक उच्च मा बी )
रोशन खड्का ( स्वर्णीम तारा बिद्या सदन )

मेरिल्यान्ड

खेल २७
स्वर्णीम तारा बिद्या सदन र ग्रीनवीच एकेडेमी
प्रतियोगीतामा तेश्रो स्थानको लागी खेलिएको खेलमा स्वर्णीम तारा बिद्या सदन र ग्रीनवीच एकेडेमी एकअर्काका प्रतिस्पर्धी थिए । शायद फाईनलको दिन भएर हो वा हारेर आएको टिमहरु भएर हो सो खेल निकै नै निरस रहेको थियो । स्वर्णीम तारा बिद्या सदनलाई ३–० ले हराउँदै ग्रीनवीच एकेडेमीले तेश्रो स्थान कब्जा गरेको थियो ।


समापनको एक झलक (बायाँ पछाडी बाट क्रमशः ज्ञानेन्द्र पराजुली, देबी प्रसाद डोटेल, भट्ट जी, प्रकाश चन्द्र खड्का र अगाडी बायाँ बाट क्रमशः  छिरीङ्ग लेप्चा, अमृत खड्का, राजकुमार राइ, आर बी कटुवाल र बिशाल सापकोटा )

फाईनल खेल

लोयल्टी एकेडेमी र मेरिल्यान्ड पब्लिक उच्च मा बी
प्रतियोगीतामा पहिलो स्थानको लागी खेलिएको खेलमा लोयल्टी एकेडेमी र मेरिल्यान्ड पब्लिक उच्च मा बी आमनेसामने थिए । प्रत्यक नयाँ खेलमा क्रमशः नाटकीय सुधार गर्दै आएको मेरिल्यान्ड पब्लिक उच्च मा बी र प्रतियोगीताभरि कुनै गोल नखाई ४ खेलमा बिपक्षीलाई २४ गोल गरेर आएको लोयल्टी एकेडेमी बिचको खेल सबैले अनुमान गरे जस्तो एकतर्फी भने भएन । खेलको अन्तमा पेनाल्टी मार्फत नै भएपनि लोयल्टी एकेडेमीले १ गोल खायो । फेरि पनि मिङ्गमा तेन्जीङ्ग शेर्पा चम्किएका उक्त खेलमा मिङ्गमाकै २ गोल मद्दतले मेरिल्यान्ड पब्लिक उच्च मा बी लाई ४–१ ले दोश्रो स्थानमा छोड्दै लोयल्टी एकेडेमीले उपाधि माथि कब्जा जमायो ।

ठुलो शिल्डको रहर

काशः

रहर

कति धेरै ?

आहा


पञ्चकन्या

प्रमुख अतिथि नै आउन नपाएपछि कस्लाइ स्वागत गर्ने त खै ??

ब्याच बितरण नै सहि

हामी साना नानी

पोज

बिजेता लोयल्टीका क्याप्टेन अशोक श्रेष्ठ

भी एस निकेतनका संस्थापक बाबुराम पोखरेल शिल्ड हस्तान्तरण गर्दै

लोयल्टीको खुशियाली

खुशीको क्षण

कर्ण बहादुर शाही मेरिल्यान्डका कप्तान मनिष पौडेल लाइ शिल्ड दिँदै

मादल सहितको खुशी

म भन्दा अग्लो ? आर बी कटुवाल मेरिल्यान्डका टीम मेनेजरलाइ पदक लगाउँदै

एन प्याब्सनका काठमाडौँका  अध्यक्ष सुबास पदक लगाउँदै

लोयल्टीका खेलाडी खेल जितेपछि प्रशन्न मुद्रामा

दोश्रो हुँदाको खुशि, मेरिल्यान्ड

तेश्रो नै सहि, ग्रीनवीच


खेलपछि मेरील्यान्ड

खेलपछि ग्रीनवीच


प्रतियोगीताको उत्कृष्ठ खेलाडी



प्रतियोगीताका केहि कमजोरी एवं त्रुटिहरु ः
१) फर्महरु बुझ्दा बिद्यालयको छाप, प्रिन्सीपलको सहि बिना बुझेको
२) खेलाडीहरुको फोटो अनिवार्य रुपमा फर्ममा टाँस्न लगाउन नसकेको
३) बिद्यालय संख्या बढि भएकोले शुरु देखिनै नकआउट खेलाउनुपरेकोले कतिपय बिद्यालयले मौका पाउन नसकेको
४) ८ कक्षाको जिल्लास्तरीय प्रमाणपत्र अनिवार्य गर्नपर्ने
५) म्यान अफ द म्याच ट्रफी समयमा ल्याउन नसकेको
६) मध्यपूर यूथ एशोसियन सँग कागजी सम्झौता गर्न चुकेको
७) खेलभन्दा अघि केहि समय बाँकी राखेर अनिवार्य अनुगमन गर्न पर्ने
८) आयोजनामा खट्ने साथीहरुलाई एक दिने फुटबल सम्बन्धी सैदान्तीक प्रशिक्षण लिनै पर्ने
९) पहेँलो कार्डको शुल्क बढाउने साथै प्रत्येक खेल अगावै धरौटी राख्न लगाई खेलको समाप्ती पछि बाँकी फिर्ता गर्ने
१०) प्रतियोगीताका उत्कृष्ठ खेलाडी चुन्न पहिले नै समिति बनाउन आवश्यक
११) केहि साथीहरुलाई भत्ता सहित मैदानमा खटाउन पर्ने देखिएको
१२) खेल संचालन गर्न मध्यपूर यूथ एशोसियनलाई दिएको रकम बढि देखिएको
१३) १५ वटा बलको के गरियो त्यस बारेमा जानकारी नदिईएको (१ वटा बल फुटेको)
१४) प्रमाणपत्र छाप्दा सरसल्लाह बिना छाप्नु भन्दा अझ स्तरिय र त्रुटिरहीत बनाउन सबैको सल्लाह लिदाँ राम्रो हुनेथियो
१५) प्रतियोगीता कसैको निजी स्वार्थको लागी सार्न नहुनेथियो एवं फुटबल आयोजक मध्यकै साथीहरुलाई खबर धेरै ढिलो गरिएको
१६) पत्रकारको लागी खर्च धेरै गरेपनि जिम्मा लिएका समिती भित्रकै साथीहरुले फलोअप गर्न छोडेको र त्यसको कारण कार्यक्रमका समाचारहरु राम्रोसँग छापिन नसकेको, प्रतियोगीतामा उपस्थित हुनै नसक्ने साथीहरुलाई सो काम जिम्मा दिनु कतिको बुद्धिमानी थियो ??

1 comment:

  1. Thanks for more information about Fism cup

    ReplyDelete

Thank You very much. Raj