Friday, February 11, 2011

गजल "म तिमी र रात"

तिम्रो मेरो साथ थियो ।

हात माथी हात थियो ।।



बन्द दुई ओठ भित्र

चाहनाको खात थियो ।।



फुले पनि मुहार हाम्रो

मन भित्र रात थियो।



बढ्दै थिए रहरहरु

मौन केही बात थियो ।



नपिएरै लड्खडाउने

मिठो एउटा मात थियो ।



तिम्रो मेरो साथ थियो ।

हात माथी हात थियो ।।

No comments:

Post a Comment

Thank You very much. Raj