Monday, April 11, 2011

कथा “शंका”

सोमबार , मार्च 28, 2011 तारिख 12:17बिहान बजे
                                         “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ........................... ...। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, सुनीको ।



                                           अस्ति साथीहरुसँग सपिङ्ग जाँदा किनेको छालामा टिपिक्क टाँसिने नयाँ कालो जिन्स पाईन्ट, अगाडी पट्टि निकै खुलेको गुलाबी रङ्गको स्लीभलेस टिसर्ट र कालो निलो स्याण्डल । आज अफिस जादाँ उनले ती सबै लगाएर ऐनामा आँफैलाई निहारीन । अगाडी फर्किन, पछाडि निहारीन घुमी घुमी चारैतिर हेरीन, ओठमा अलिकति लाली थपेर ऐनातिर हेर्दै ओठ चुच्चो पारेर हावामा एक चुम्मा फ्याँकिन । केहि खुलेको टिसर्टमा बनेको अंग्रेजी अक्षर भी आकार उनैलाई रोमाञ्चीत बनाउँदै थियो ।   टिसर्ट थोरै तानेर अगाडि झुकिन, आफ्नै सौन्दर्यमा सम्मोहित हुन थालिन् । पातलो टिसर्टबाट उनको भित्री बस्त्र प्रस्टै देखिन्थ्यो, तर उनलाई यसले केहि फरक पारेन ।  तल्लो कोठामा बस्ने हरि, तरकारी पसले, भाईको साथमा आउने कृष्ण, अफिसका कर्मचारीहरु सबैप्रति एउटा दया जाग्यो उनलाई, हिजोका सबै अप्ठ्यारो भुलिदीइन उनले ।

                                       बाहिर आएर स्कुटर स्टार्ट गरिन, हरि तीन तला माथिबाट चियाउँदै थियो सधैँ झैँ, उनी सधैँ भन्दा फरक मुस्कुराईदिईन आज,  हरि मख्ख पर्‍यो । उनी गेटबाट बाहिर निस्केर स्कुटर रोकिन, गेट लगाउन फर्केर आउँदा एक झलक पूनः तेस्रो तलाको झ्यालमा लगाईन मुस्कुराउँदै । हरिले हातका पाँच औँला एकै ठाँउमा जम्मा पार्‍यो र बन्द गर्दै खोल्दै केहि ईशारा गर्‍यो तमतमाईन उनी । यी केटा मान्छेको जातै खत्तम के एक पटक हाँसेको थिँए, अश्लिल ईशारा गर्नुपर्ने । कत्रो साहस ?? बरबराउँदै स्कुटर अगाडी बढाईन ।

                                         अगाडी मोडको पसलको छेउमा पुगेपछि पसलेले पनि पहिलेकै जस्तो इशारा ग¥यो । उनी रातो अनुहार पार्दै अगाडी बढिन । उन्लाई आफ्नो खुलेको टिसर्ट देखि सारै रीस उठ्यो । केहि पर एकान्तमा पुगेर उन्ले टिसर्ट माथि तर्फ तानिन्, जति तान्दा पनि कुनो प्रष्टै देखिरह्यो । पातलो टिसर्टबाट जति गर्दा पनि भित्री बस्त्र झुल्किरहेकै थियो । उनलाई त्यहीँबाट कोठामा फर्केर सबै लुगा खोलेर फ्याँक्न मन नलागेको भने होइन । तर हिजो अस्ति पनि अफिस नगएको हुँदा अफिसबाटै निकालीने डर थियो मनमा ।

                                              मन मार्दै अगाडी बढिन उनी । केहि पर बाटोमा पुगेपछि जाममा परिन उनी, शायद केहि घटना दुर्घटना पो भएको थियो कि ? “ओहो कस्तो राम्रो गाडी !” अगाडी  आईरहेको सानो कार  लाई हेरिरहीन उन्ले । लौ फेरि त्यही इशारा, त्यो पनि कपाल फुलिसकेको बुढाले । सारै नमज्जा लाग्यो उनलाई । एकाएक उनको अनुहार रातो भएर आयो, संसार घुम्न थाल्यो उनको वरिपरि, ज्वरो आउन लागेको जस्तो भो उनलाई । बेहोशिमै स्कुटरको एक्सिलेटर घुमाईन उन्ले फलतः अगाडिको ट्रकसँग ठोक्किन पुगिन उनि । बिचरा ! ट्रकको त के हुन्थ्यो र ? उनले स्कुटरको अगाडिको भाग नराम्रोसँग कुच्चियो । सामान्य चोट लाग्यो हातमा , तर भर्खरै पाएको चोटको पिडा भन्दा यो पिडा निकै कम थियो । बल्लतल्ल अफिस पुगिन, कम्पाउन्डमा प्रबेश गरिन । अगाडि पट्टि पालेदाई र अर्को नयाँ मान्छे गफ गरिराखेका थिए । पालेदाई सधैँ झैँ ङिच्च हाँस्यो बिना अर्थको जबरजस्ति मुख खोलिदिएजस्तो, हठात ! सो नयाँ मान्छेले फेरि उहि ईशारा गर्‍यो हातका पाँच औँला एकै ठाँउमा जम्मा पार्‍यो र बन्द गर्दै खोल्यो । उन्ले स्कुटर पार्किङ्गसम्म पनि पुर्‍याउन नसकि त्यतै राखेर आफ्नो कार्यस्थल तिर लम्किन ।

                                                 जादाँजादैँ हाकिम साब भेटिए, उन्ले तल देखि माथिसम्म राम्रो सँग हेरे । उनि खुम्चिईन त्यसै त्यसै, सँधै छेडखानी गर्न बाँकी नराख्ने हाकिमले ..........?? तर उनको आशा बिपरीत अनपेक्षीत रुपमा, उन्को अवस्था हेरेर सन्चो नभएको संकेत गर्दै केहि दिन छुट्टी दिएर घर फर्काइदिए ।


                                                    उनि बाटोमा कतै पनि नहेरि नफर्की आफ्नो बासस्थान फर्किन । उन्को दिमाग शुन्य प्रायः थियो । घर कम्पाउन्डमा प्रबेश गर्न स्कुटरलाई बाहिर रोकेर गेट खोल्न गईन । आमा आएको थाहा पाएर छोरी हत्तपत्त झ्यालमा निस्कीन । स्कुटर भित्र राख्ने बेलामा माथिबाट सानी छोरीको आवाजले उनी माथि फर्किन । लौ ! पुनः त्यही इशारा उनले केहि सोच्नै सक्दिनन् । स्कुटरलाई त्यसै छोडेर उनि माथितीर दौडिन । मुलढोकाको छेवैको सिढिँमा अल्झेर लडिन् उनी । उठ्न खोज्दा, हठात ! उनको नजर गेटमा लडिरहेको स्कुटरमा पर्‍यो । स्कुटरको हेडलाईट बलिरहेको थियो, बलिरहेको थियो । 

No comments:

Post a Comment

Thank You very much. Raj