Monday, March 25, 2013

तिमी ,समय र म


चखेवाका जस्ता 
एकजोडी चनाखा आँखा 
सिँहको जस्तो
तिम्रो उच्चो ब्यक्तित्व
अनि,

अभिमानले जगमगाईरहेको 
तिम्रो मुहार देख्दा

लाग्थ्यो,
तिमी एकदिन स्वच्छन्दताको आकाशमा
मन लागी उड्नेछौ
तिम्रा मिठा मिठा 
सपनाको बयान सुन्दा
निष्कपट निश्छल
तिम्रा भावनाको
तुलना गर्दा


लाग्थ्यो,
तिमी सपनाको आकाश चुम्नेछौ
तिमी एकदिन चन्द्रमा हुनेछौ ।

तर, 
समयको निष्ठुर चालले 
समाज भरि छरिएको बेहालले 
पिजडाको बन्दि बनाएछ तिमीलाई

अझै, 
म खोज्दैछु पुरानो तिमी ।।

No comments:

Post a Comment

Thank You very much. Raj