अन्तै नाता जोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।
एक्लै मलाई छोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।।
सुन्दर सपना सजाएथेँ, तिम्रो मेरो जिन्दगीको ।
जीवनयात्रा मोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।।
माया धेरै लाग्थ्यो मलाई, आफ्नो भन्दा तिम्रै ।
त्यही माया तोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।।
सजाएर राखेको थिएँ, तिम्लाई मनको बगैँचामा ।
त्यही बगैँचा तोडेर गयौ,र त यहाँ जीउँन सिकेँ।।
आफैँ माया लगाएर, फेरि आफै छुटायौ तिम्ले ।
पराईको साथ लागेर गयौ, र त यहाँ जीउँन सिकेँ ।।
अन्तै नाता जोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।
एक्लै मलाई छोडेर गयौ, र त यहाँ जीउँन सिकेँ ।।
-योगेन्द्र विवश मगर
हाल:- दोहा कतार
No comments:
Post a Comment
Thank You very much. Raj