आकांक्षाका बिउ ब्याडमै, सुकी मर्ने भो ।।
समयमै रोप्नु पर्ने खुशी फल्ने बाली
ढिला हुँदा अर्को याम्लाई, फेरी सर्ने भो ।
आली बनाइ थुन्थान पारेको यो मन
खेत सम्म नी नपुगेरै, बाटैँ झर्ने भो ।
अर्म पर्म जसोतसो खोजेका यी साथ
ज्यालै दिन नै नपुग्ने भो, के पो गर्ने हो ।
खडेरीले खायो सारा खुशी फल्ने खेत
रित्तै मेरो मन यो बाँकी, के पो भर्ने हो ।
No comments:
Post a Comment
Thank You very much. Raj