बन्धुराम केहि गर्न चाहन्थ्यो । केहि गर्ने तिब्र अठोटका साथ केहि गाईभैँसी पालेर त्यसको दुधबाट बिभिन्न परिकार बनाएर बेच्ने बिचार र बिचारको मन्थन र गन्थन पश्चात एउटा पसल र गाईभैँसी पाल्न दुबै शुरु गर्यो ।
ताजा, शुद्ध र स्वस्थ्यबर्द्धक बिभीन्न परिकारहरु तयार गर्यो । शुरुका दिनमा केहि मान्छे त पक्कै आएका थिए तर समयको क्रम सँगै छोटो समयमै उस्को पसल शुन्य हुँदै गयो । आशाका किरण कल्पिदैँ उस्ले अत्यास र निराशलाग्दा कैयौँ दिनहरु पर्खियो । पसलका निर्जीब सामग्रीहरुसँग दुःख पोख्यो त कतिपल्ट तिनकै सहारा लिएर रोयो करायो । अन्तिम अस्त्र भगवानको पुकाराले पनि केहि ननापेपछि उ साँच्चै नै बिरक्तीयो । भाग्य, समय, ईमान्दारीता, मान्छे, भगवान सबै देखि रिसायो बन्धुराम ।
अकस्मात, एकसाँझ उस्को पसलमा एक हुल मान्छे आए । उस्ले सबैलाई धपाउने प्रयास गरेपनि केहि न केहि खाएरै छोड्ने जिद्धी लिए आगन्तुहरुले । खान दिनेकुरा केहि नदेख्दा घुर्यानको छेउमा अस्तीदेखी फ्याकीँराखेको एक भाँडो दुध उठाएर सबैलाई भाग लगाईदियो । कुहिएको दुध उठाएर दिदाँ उस्को मन बदला लिएको भावमा अट्टहास गर्दै थियो । उ र उस्को मनको आशा बिपरीत त्यो परिकार सबैले अति नै मन पराए ।
सुन्दैछु, आजकल उस्को पसलबाट त्यो दहि नामको परिकार लिन मान्छेको लाईन लाग्छ रे अनि उस्का घुर्यानहरु संख्यात्मक रुपमा बढेको बढेकै छन् रे ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj