Friday, June 1, 2012

सद्भाव र्‍याली – २०६९

                                      “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरि यो  बल्दो यो शान हाम्रो”– यो गीतको शक्ती त्यतीखेर ज्ञात हुन्छ । जब मनभरि देशभक्ति जागेको बेला यो गीत गुनगुनाईन्छ । झण्डै झण्डा सहितको यो देशभक्तहरुको माहोलमा साँच्चै मनमा एक किसिमको देशभक्ती जाग्ने रहेछ । यो माहोलमा त देशको निम्ती गोली नै खाएर मर्न परे पनि हाँसेर मर्न पनि सकिने आँट पलाउने रहेछ ।






 हिमाल, पहाड तराई – कोहि छैन पराई
  तराई, पहाड, हिमाली – हामी सबै नेपाली  ।
  जातीय राज्य चाहिदैँन – देश टुक्रयाउन पाईदैँन ।
  जातीय सद्भाव कायम राखौँ 








हो, केहि सिमीत ब्यक्तिको स्वार्थको लागी जात जातीको नाममा देश टुक्राउन पाईन्न । जातीय अधिकार हैन हामी सबैलाई मानब अधिकार चाहिएको छ । सबै नेपालीले योग्य काम र सुरक्षा पाउनु पर्छ । एउटा साथीले भन्थ्यो जातीय अधिकार भनेको के हो ? के कुनै जातको संस्कारमा पर्छ भनेर टन्न रक्सि खान छुट दिने वा सामाजिक सद्भावना बिथोल्न कुनै जातीलाई खुल्लमखुल्ला गाई काटेर खान दिने । कस्तो हुन्छ मानव अधिकार भन्दा ठूलो यो जातीय अधिकार ?







                आखिर जस्ले जस्लाई खत्तम पार्छु सिद्धयाउँछु भन्दै भुक्दै हिँडेपनि जब टोक्न थाल्छ नि तव अर्को पक्ष पनि चुपचाप त बस्दैन । अनि त्यतीखेर कुनै न कुनै रुपमा सबैको क्षति हुन्छ । यस्तो बेलामा संगठीत त मज्जाले भएका तर अल्प संख्यामा भएकाहरुको त अस्तितव नै नामेट हुन सक्छ नै । सबैलाई चेतना भया ।
सबैको मङ्गल होस् ।

1 comment:

  1. मनमा छोयो शब्दहरुले, साँच्चै सबलाई चेतना भया

    ReplyDelete

Thank You very much. Raj