“हैन ए सर ! ..........रित्तै ?” – प्रश्न पछिका लगातार प्रश्नहरु । उत्तरै उत्तरले भरिएका टाउकाहरु (बिद्यालय र कलेजका प्रिन्सीपल र प्रार्चाय महोदयहरु) आज म एक्लो निमुखालाई प्रश्नै प्रश्न गर्न तम्सिएका थिए ।
उमेरले सबैभन्दा कलिलो म, सबैलाई सुन्तले रंगको पेयपदार्थ भएको ग्लास देखाउँदै भन्छु, “अबुई ! छ नि सर यी गीलासभरी ।” फेरि हाँसो छाउँथ्यो गलल्ल, शायद धेरै दिन पछाडि सम्मको लागी एडभान्स हाँसो पो थियो कि ?
सबैको हातमा र साथमा भएको कडा शायद मेरो सुन्तलेमा नभएको हो वा मेरो सुन्तले फ्यान्टामा मेरो दिमागलाई तताउन सक्ने तत्वको कमि भएर हो, म मेरो सुन्तले जस्तै निरिह बन्दै खिसिक्क हाँसिदीन्थे । एक्लो बासमा सबैले तारिफै गरे पनि समुहमा म कृतिम चेपाई र थेच्चाईमा पर्छु ।
“हैन, ए सर यो जमानामा पनि ...............।”मेरो उत्तर मुसुक्कमा टर्छ ।
“हे ............ पछि गृहमन्त्रीले टेन्शन दिएपछि खाईहाल्छन् नी ।” धोद्रे स्वरमा अर्को बुज्रुग प्रार्चायको आवाज । हा हा हा ...... सामुहिक हासोँ खुस्कियो, शायद धेरैको रहस्य र भावना पो बोल्यो कि । अनुभवहिन म पून हाँस्छु मुसुक्क ।
“गृह मन्त्रि नै पाउन मुश्किल पर्छ र पो ..................?।।” अर्को आवाज मै तिर लम्कन्छ ।
“हैन होला हो सर ................।” केहि थप आशाको साथ हठात आवाज फ्याँक्छु म ।
“ल सुन्नुस यहाँ ।” अर्को आवाज हातै सहित मतिर खस्छ, म आवाज हेर्छु ।
“एउटा केटा लमिको साथ लागेर केटि माग्न गएछ । लमिले सबिस्तार केटोको बर्णन गर्ने क्रममा चुरोट जाँड रक्सि केहि नखाने, जुवा तास नखेल्ने तथा नराम्रो बानी केहि नभएको बताएपछि केटिको बाउले त्यस्तो मान्छेले आफ्नो छोरीलाई पाल्न सक्दैन भनेपछि त्यो केटी माग्न जाने केटाले हत्तपत्त उठेर हात जोड्दै कहिलेकाहीँ तास खेल्नेकुरो बताएछ ।” उहाँले भन्नुभएको घटनाको सार यहि थियो ।
“त्यो पनि जुडपत्ती होला नी हैन ?” म थप्न खोज्छु ।
“तपाईको पनि त्यस्तै होला नी .........?” सबै खित्का मै पट्टी केन्द्रित थिए ।
“ख्याल नसम्झीनु नी साँच्चै हो ।” अर्को आवाजले जोड दियो । हाँसोको वातावरणमै एक घुट्को सुन्तले घुटुक्क निलेँ । त्यही पनि कडा लागीरहेथ्यो मलाई .....।
(केहि अर्थिलो लेख्ने भन्दा पनि शब्दहरुमा खेल्ने प्रयास रह्यो मेरो । मनमा यो लेख लघुकथा भएजस्तो भान नभएपनि लघुकथा भनिदीएँ मैले । माफि सहित सबैमा समर्पित ।।)
No comments:
Post a Comment
Thank You very much. Raj