Tuesday, January 25, 2011

“प्रेम र जिन्दगी मेरो बिचार”

                                       कहिले मन त्यसै प्रफुल्ल हुन्छ सबै कुरा राम्रो लाग्छ , जिन्दगीप्रती आशा जाग्छ, सोचाई बदलिन्छ । मन खुशि हुन्छ तर किन ? सोच्दा र खोज्दा पनि कारण भेटाउन गारो पर्दछ । कहिले हरेक राम्रा र प्यारा कुराहरु पनि दिक्क र झिझ्याहट लाग्दो लाग्छ ।
                                
                                       कहिले लामो–लामो बाटोहरुमा यात्रा गर्दा एउटा नजानिदोँ जोश, जाँगर र लगन अनि उत्साहले घण्टौँको बाटो पनि मिनेट झैँ लाग्छ । त कहिले छोटो छोटो बाटोहरु पनि कहिले नसिद्धीने जस्तै लाग्छ । आखिर यो मन फुलाउनु त हो नि हैन र ?
                                   भाग्यबश भनौँ मैले धेरै प्रेम गर्ने मानिसहरुलाई सम्झाउने मौका पाएको छु । बिशेष स्कुल तिरका ९–१० कक्षा पढ्ने केटा केटिहरुलाई, उनिहरुलाई म प्रेम नगर यस्तो हुन्छ त्यस्तो हुन्छ भन्दीन कारण मलाई थाहा छ यो कुरा उनिहरु लाई पक्कै पच्दैन न त हामीलाई नै पच्थयो । परिस्थीती अनुसार अन्य कुराहरु फरक फरक गरि सम्झाए पनि एउटा कुरा साझा हुन्छ । एउटा झोला लिने अनि त्यसलाई देखाएर सम्झाउने "हेर यो झोला मैले तिमीलाई दिएँ अब तिमीले जबसम्म यो झोला खोल्दैनौ वा नखोली यस्लाई बोकेर घर जान्छौ जुन अहिलेको तिम्रो लक्ष्य हो । तिमी एउटा उत्साह उमङ्ग बोकेर घर पुग्छौ, तिमी न त कतै भट्किन्छौ न त समय नै धेरै लागेको जस्तो लाग्छ । तिमी सजिलैसँग आफ्नो लक्ष्य पार गर्न सक्छौ चाहे त्यो झोला खाली वा ढुङ्गाले भरेको नै किन नहोस ।

                                 तर त्यसको साटोमा मैले त्यो झोलामा टन्न मिठाई राखेर तिमीलाई दिएँ र तिमीले त्यो झोला तत्कालै खोल्यौ भने उत्साह, उमङ्ग, रहस्य केहि बाँकी रहन्न र त्यसले तिम्रो लक्ष्य प्राप्तीमा केहि सहयोग गर्दैन त्यसैले जीबनका केहि रहस्य बचाएर राख जस्ले गर्दा केहि बाँकी नरहेर अर्को रहस्य खोज्नु नपरोस । जीवन यहि हो तिमीहरु एकअर्काप्रति यति धेरै खुल्ला र उदार नहोउ कि पछिलाई केहि बाँकी नरहोस । एकअर्काप्रतिको प्रेम अनि मायामा केहि बन्धन अनि रहस्य बाँकी नै राख अनि त्यती धेरै अगाडी नबढ कि पछि फर्कनै नसकियोस ।"
(साथीहरु हजुरहरुको सल्लाह के छ त ??)

No comments:

Post a Comment

Thank You very much. Raj